

हस्पिटलमा विरामी भेट्न अनिवार्य जाऔँ । किनभने त्यो हस्पिटल जाँदा घमंड सबै सकिने निश्चित हुन्छन् । विरामी हुदा हस्पिटलको त्यो बाथरुम र टुवाइलेट एकदिन अनिवार्यरुपले हामीलाई प्रयोग गर्नेछौँ । म, हामी र तपाईँ हस्पिटलको बेड, हस्पिटलको खाना, हस्पिटलको सेवा एकदिन मानव जातिलाई अनिवार्य सबैलाई लिनैपर्नेछ । हस्पिटलको त्यो पंखाको हावा खानैपर्नेछ । हस्पिटल जाँदा त्यो हस्पिटलको हावा अक्सिजन लिनैपर्नेछ । हस्पिटलको त्यो दिक्क लाग्दो जीवन निर्वाह गर्नैपर्नेछ । यी र यस्ता समस्याहरु अनिवार्य सबैले भाग्ने निश्चित छन् । चाहेर होस् या नचाहेर होस् गर्नैपर्ने विषय वस्तु हो ।
यहाँ अहिले तिव्र जनसंख्या बढ्दो छ । वनजङ्गल नाश भएको भए छ । जङ्गलको कटान सडक, पुल पुलेसा, भवन तथा अन्य केही औधोगीक क्षेत्र विकास निर्माणको नाम्मा काटिनै रहेका छौँ । प्राकृतिक वातावरणमा समस्या भएकोले पनि जङ्गल, जनावर, पशुपंछि, हावा, पानि, माटोको शक्ति लगायत सम्पुर्ण क्षेत्रमा नराम्रो तरिकाले समस्या ग्रस्त छन् ।
त्यसैले पनि हस्पिटलमा विरामी छ भन्ने अनिवार्यरुपले भेट्न जाउँ । आफनो विरामी भेटेपछि र अरु विरामी हस्पिटलमा हेरेपछि केहि नयाँ तथा केहि नयाँ सोच, विचार र दृष्टिकोणमा फरक आउँला भन्ने मनशायले मात्रै मेरो यस अनुभवको विचार प्रस्तुत गर्न गइरहेको छु ।
म, हामी र तपाईँको हेर्ने तरिका फरक हुनसक्दछन भन्ने मनशाय मात्रै हो मेरो । त्यहाँका विरामीको अवस्था र त्यहाँको विरामीको दुख र पिडा हेरेर केहि सोच पकै परिवर्तन सायद हुनेछन् । कोही दुर्घटना भएर आएका हुन्छन् भन्ने कोही रोगी हुन्छन् । कोही रोई कराई रहेको हुन्छन् भन्ने कसैको हाथ, खुटा काटेको हुन्छन् । कोहि पैशा नभएर उपचारको लागी पैशा जोहो गरेको हुन्छन् भन्ने कोही मृत्यूको पर्खाइमा रहेको हुन्छन् । कसैको खुटा काटिएको हुन्छन् भन्ने कोही मान्छेको शरिर अङ्गभङ्ग भएको हुन्छन् । एक जना यता दुखेर तड्पि रहेको हुन्छन् भन्ने कोही उता हाथखुटा काँटिएकोले छटपटाइरहेको हुन्छन् । कसैको आफन्त मृत्यू भएकोले रोई कराई गरिरहेको हुन्छन् भन्ने कोही चाहेर पनि उपचार खर्च जुटाउन तड्पि—तड्पि रहेको हुन्छन् ।
माथील्लो पाराग्राफमा जतिसुकै जे लेखिएपनि मुलभुत विषय वस्तु यति मात्रै हो की त्यो हस्पिटलमा भएको सबै विरामीले शरिर स्वास्थ्य राख्नुपर्छ भनेर नै स्वास्थ्य खाना, सुध तरकारी, अर्गानिक तरकारी, घरको सुध खाना, भिटामीण तथा प्रोटिन भएको विभिन्न साग सबजी लगायत सबै प्रकारका स्वास्थ्य जनक उत्पादन सामग्रीहरुको समिश्रण भएको सतप्रतिशत सुध भएको खाना पकै खाएकै होला । नकि फोहोर र अव्यवस्थित पकै न होला । विरामी नलागोस जहिल्यै स्वास्थ्य रहुँ भनेर नै सबै राम्रा—राम्रा स्वास्थ्य कर खाना पकै म, हामी र तपाईँ दैनिकि खाएकै हुनुपदर्छ ।
हामी माटो, हावा, पानि र वनजङ्गल जानि — जानि नष्ट गर्दैछौँ । वातावरण सखाप पार्दैछौँ र शुखी जीवनपनि खोजदैछौँ । र खोजिसकेको पनि छौँ । दैनिकी वनजङ्गल, पशुपंछी मानव जातिको तिव्र जनसंख्या वृद्घि र मानव जातिको अप्राकृतिक विकास संगै देशको प्रकृतिलाई सिधा चुनौती दिदै यस वातावरणलाई सखाप गर्दछौँ । अर्गानीक खाना भन्दा विशादि युक्त खाना खादैछौँ अनि कसरी निरोगी र स्वास्थ्य रहन्छौँ । भन्ने मेरो दृष्टिकोण मात्रै हो ।
जीवन जन्म देखि सुरु हुन्छन् भन्ने मृत्यू देखि समाप्त हुन्छन् । जन्म र मृत्यू एक अनिवार्य प्रक्रिया हो जहाँ जस्ले जसरी पनि मृत्यू अनिवार्य हुन्छन् । मानव जाति, पशुपंछि, जनावर, वनजङ्गल, वनस्पति तथा जीवित सबै वस्तुहरुको एक निश्चित समयसिमासम्म रहि जीवनयापन जन्मपछि मृत्यू अनिवार्य हुन्छन् । त्यस्तै मानव जातिपनि हो । जहाँ जीवन छ त्यहाँ मृत्यू अनिवार्य हुन्छन् ।
म, हामी र तपाईँ जीवनमा केहि राम्रा र केहि गलत काम र कार्यहरु गरिरहेको अनिवार्य हुन्छौँ । घर व्यवहार चलाउन होस् या छोरा छोरि पढाई लेखाई होस् हामी यस कारणले पनि गलत र सहि काम र कार्यहरु अनिवार्य गर्दछौँ । आमा, बाबाको चाहना पुरा गर्न होस् या अरु आफन्त तथा ईस्टमित्र होस हामी केहि न केहि गलत र सहि काम गर्दछौँ नै । जीवन एक प्रकारले दुख र शुख दुवै आउने र जाने हुन्छन् तर सक्दो शुख नै पाउन हामी दिनरात काम तथा विभिन्न राम्रा र नराम्रा कार्यहरु गर्दछौँ ।
सत्य र असत्य के हो हामी सबैलाई थाहा मजैले छ तर म, हामी र तपाईँ बोल्दैनौँ । काम गर्दा केहि सत्य र असत्य बोलेकै हामी हुन्छौँ भन्ने कुरा मान्नु सायद गलत नहोला । हामी असत्य जहिल्यै बोलेकै हुन्छौ पनि भन्न सकिदैनन् । नराम्रो उत्पादन पनि राम्रो भन्छौँ र राम्रोलाई त राम्रो भनेकै हुन्छौँ होला । तर यो सत्य र असत्यको बिच्चमा हामी के गर्दछौँ भन्ने नै सत्य कुरा र विषय वस्तु हो ।
हामी माटो, हावा, पानि र वनजङ्गल नष्ट गर्दैछौँ । वातावरण सखाप पार्दैछौँ र शुखी जीवनपनि खोजदैछौँ यस्तो कहाँबाट पाउन सक्दछौँ भन्ने म, हामी र तपाईँ सबैलाई थाहै छ । कुनैपनि सहि योजना विनानै भवन, घर र सहरको अप्राकृतिकरुपले विकास गर्दै जादैछौँ । दैनिकी वनजङ्गल, पशुपंछी मानव जातिको तिव्र जनसंख्या वृद्घि र मानव जातिको अप्राकृतिक विकास संगै देशको प्रकृतिलाई सिधै चुनौती दिदै यस वातावरणलाई सखाप गर्दैछौँ । सहि देश र देशको माटो प्रति जनताको चाहाना र माया हुने शिक्षाको विकास गर्नुपर्दछ । अर्गानीक खाना भन्दा विशादि युक्त खाना खादैछौँ अनि कसरी म, हामी र तपाईँ निरोगी र स्वास्थ्य रहन्छौँ होला त ।