

भनाई र व्यवहारमा उत्कृष्ट एक बोलिने भाषा “काम गरी खान देऊ” जति यो भाषा बोलन सहज र सुन्दर छ त्यति व्यवहारीक छैन । सरकारका सबै निकाय सहि र सत्य भएपछि मात्रै यो भनाई सफल र सुन्दर हुनसक्दछन् । नकि कार्यक्रममा बोलीने र ठोकीने भाषामा विकसित भइरहेको भाषा मान्न सकिन्छन् । देशको हरेक क्षेत्र कानुन र सरकारको सहि तरिकाले सञ्चालन भएपछि मात्रै यो देशको अवस्था गरी खान देऊ भन्ने भाषाको राम्रो तरिकाले विकास हुनसक्दछन् । र त्यसपछि मात्रै यो भनाई र विचार उत्कृष्ट हुन्छन् । देशको राजनितिक, आर्थिक, भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्र देशको कानुन र भ्रष्टाचार युक्त भएपछि यो भनाई र विचार कहिले उत्कृष्ट हुन्न सतप्रतिशत हुन सक्दैनन् । प्रमुख सरकारको एउटा निर्णयले एक गाउँमा बसेको एक साधारण जनतालाई प्रत्येक्ष र अप्रत्येक्ष रुपले खतरनाक असर पारेको हुन्छन् । सरकारको एक असहज तथा गलत निर्णयले सर्वसाधारणको जीवनमाथी ठुलो प्रभाव पर्दछ ।
नेपाल सरकारले जनतालाई काम गर्ने वातावरण बनाइदिनुपर्छ नकि वातावरण विगारी जनतालाई दुख र पिडा दिने हो । जनताको मुलभुत आव्श्यक्ता पुरा गरी देशको अवस्था र काा गर्ने वातावरण सृजना गरीदिने हुनुपर्छ । आन्दोलन, लुटपाट तथा अर्थ व्यवस्था चलायमान बनाइदिने कामहरु गर्नपर्ने हुन्छन् ।
पसलमा सामान छ, किन्ने मान्छे छैन । बजारमा सटर छ तर खालि छ । लिने मान्छे छ तर अवस्था छैन । सेन्ट्रल मलमा कोठा छ भाँडा लिने छैन । बल्ल बल्ल बाँचेको उधोग कलकारखाना छ तर उत्पादन गरेपछि विक्रि छैन । लगानि छ तर बिक्रि छैन । जसोतेसो पसलमा ऋण काडेर पसल सञ्चाल गरिएको छ तर बजारमा खरिदविक्रि छैन । अहिले विराटनगर बजार परिक्रमा गर्दा सबै व्यापारीहरु झिँङ्गगा मारेर बसेको अवस्था स्पष्टरुपमा देखिन्छ ।
“गरी खान देऊ” यो भनाई र यो विचार माथी कुनै समस्या छैन । र उत्कृष्ट पनि छन् । यसमा कुनै समस्या छैन नै तर यस भनाई र विचार कसरी उत्कृष्ठ र कुन अर्थमा हुन्छ भन्ने मात्रै हो । व्यापारमा लगानि गरियो अवस्था छैन । ऋण् लियो तिर्ने अवस्था छैन । सरकारले कानुन लगाउँछन जनतामा तर काम गर्ने वातावरण छैन । पसल सञ्चालन गरियो जनतासँग पैशा पर्याप्त छैन ।
गरी खान देऊ भन्ने विचार कस्तो लागियो । सायद यो विचार अथवा यो भनाई राम्रो लागेको छैन भनेर भन्न पकै सकिन्न् । यस विचार म, हामी र तपाईँहरुलाई राम्रो लागेको होला किनभने यो विचार नै उच्चस्तरिय रहेको छ । आ—आफनो काम अथवा आफनो कर्म अनुसार काम गरी घर गृह्स्ती चलाउन गरिने सबै पैशालाई काम गरी खानु भनिन्छन् । कोहि सरकारी कर्मचारी, शिक्षक, डाक्टर, वकिल, सिटि चालक, ठेलाबाला, पसल तथा अन्य कुनैपनि व्यापार तथा जागिर गरी आफनो घर खर्च व्यवस्थापन गरी गरिने मानविय व्यवहार नै काम गरि खानु भन्ने हो ।
मानौ करिब — करिब यो देशमा ३ करोड जनता छन् । यस ३ करोडमा एक करोड विदेश पलायन भएको मानौँ । बाँकि दुई करोड नेपाली मध्य अहिले तत्कालीन अवस्थाको जनता विदेश पलायन हुने संख्या दैनिकी घट्दो होइन बढ्दो रहेको छ जुन विषय वस्तु समाचार माध्यममा स्पष्ट रुपमा समय — समयमा रेडियो, टिभि, अनलाईन पत्रिका तथा अन्य सामाजिक सञ्जालमा यत्रतत्त्र जहाँ तेहिँ देखिन्छन् । नेपाली जनता विदेश पलायन हुनु र देशको रेमिटेन्समा वृद्धि हुनु र हामी नेपाली खुशी मान्नु त्यो केहि समयको खुशि हो भन्ने बुझनुपर्छ ।
यहाँको राजनितिक अवस्था, देशको अवस्था, आर्थिक अवस्था, कृषिको समस्या, भौतिक समस्या, विधुत समस्या जस्ता सबै प्रकारका समस्याबारे आवाज उठाउने सबै यूवा पुष्ता बिदेश पलायन हुदा जनताको वास्तविक हकअधिकार र यहाँको समस्या समाधान गर्न सकिन्न र यस विषयमा यूवा पुष्ता देशमा आत्मनिर्भर हुन जरुरी छन् । नेपाली जनता विदेश पलायन हुनु र देशको आर्थिक विकास हुनु सोचनु मुर्खता हो ।
देशको जनशक्ति घट्नु भनेको देशको आन्तरि अर्गानिक क्रय शक्ति घट्नु भन्ने नै हुन्छन् । त्यस्तै हेरियो भन्ने छिमेकी मित्र राष्ट्रिय भारतले जनसंख्या वृद्धि संगै देशको आन्तरिक अर्गानिक क्रय शक्ति वृद्धिविकास गर्दै जादैछन् । र अर्थशास्त्रको सर्वमान्य सिधान्त अनुसार खाने मुख र जनसंख्या बढेपछि आर्थिक कारोबार वृद्धि विकास हुन्छ भन्ने हो ।