महिलाहरु लक्षित स्वरोजगार बनाइ आय आर्जनमा ७ दिने तालिम समापन

Logo
चन्दन राैनियार / इटहरी प्रकाशित बिहिबार, साउन १७, २०८१

ईटहरी / महिलाहरु लक्षित स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले आयोजना गरेको ७ दिने तालिम समापन तथा सप्ताह कार्यक्रम अन्तरगत पहिलो दिनको निःशुल्क आँखा शिविर कार्यक्रम पनि सम्पन्न भएको छ ।

ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर परिसरमा भएको तालिममा घरमै बसिरहेका गृहणी महिलाहरु लक्षित आत्मनिर्भर भइ रोजगार सिर्जना गर्ने उद्धेश्यले  लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको संयुक्त आयोजनामा ७ दिने कृष्टल माला पोते लगायतका सामाग्रीहरु  बनाउने तालिम समापन गरिएको हो ।महिलालाइ उद्यमी बनाउने उदेश्यले घरमै बसेका महिलाहरु बेराजगारी बस्नुपर्ने र विपन्न वर्गका परिवारलाइ रोजगारी बनाउन सहत हास भनेर विभिन्न टोलका महिलालाइ  ७ दिने सिपमुलक तालिम दिएर उनीहरुको मनोबल बढेको र  उनिहरुले सिकेको सिपलाइ बाहिर ल्याएका छन ।साथै सप्ताब्यपी कार्यक्रम अन्तरगत निःशुल्क आखा शिविर आयोजना गरेर जेष्ठ नागरिकहरु अस्पताल जान सक्दैनन  त्यस्ता नागरिकलाइ लक्षित निःशुल्क शिविर बाट धेरै लाभान्वीत हुने लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले बताइन।ग्रीन एरा टेनिङ्ग सर्भिसेजकी प्रशिक्षक रेनुका गुरागाँईले प्रशिक्षण दिएको तालिममा इटहरी स्थित विभिन्न टोलका तालिममा सहभागी ५० जना लाई प्रमाणपत्र वितरण गरिएको छ ।त्यस्तै निःशुल्क आँखा शिविरमा एक सय बढीले आँखा परिक्षण गराएको र सप्ताह ब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण,भोकालाई भोजन,सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेलले जानकारी दिइन ।तलिम समापन तथा शिविर उद्घाटन कार्यक्रम भारती श्रेष्ठको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारीकोे प्रमुख अतिथ्यमा भएको कार्यक्रममा लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमि थापा, लियो क्लब अफ इटहरी मनकामनाकि अध्यक्ष प्रतिभा अधिकारी ,इटहरी वडा नम्बर ४ की महिला सदस्य दिल बराइली ,उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, स्थानीय समाजसेवी रमेश खत्री,इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्री,माया घरको अध्यक्ष शुभद्रा प्याकुरेल ,लक्ष्मी बराल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]