

उच्च शिक्षा हासिल गरेका मानव जातिको चरित्र राम्रो र असल हुन्छ नै भने हुदैनन् । उसले कसरी कुन विषयलाई बुझदछन् भने नै मुख्य विषय वस्तु हो । कुन कुरालाई कसरी बोध र ग्रहन गर्दछ भने नै मुख्य विषय हो । यस विषयमा चर्चा गर्दा यसको अर्थ यो पनि होइन कि सबै पढेलेखेका मान्छे असल नै हुन्छन् भने पकै होइन फेरी । मान्छेको भोगाई र दुःख पिडा कति गरेको छ त्यसमा भरपर्ने विषय हो । यो र यस्ता व्यवहारहरु अहिले फेसवुक र सामाजीक सञ्जालमा स्पष्टरुपमा देखिने गरेका छन । हामी विहान देखि बेलुकासम्म कति मान्छे भेट्नुपर्छ व्यवहारीक कार्य गर्नुपर्छ । लेनदेन गर्नुपर्छ । झैँझग्डा गर्नुपर्छ । एकले अर्कोलाई गाली गर्नुपर्छ । मान्छेको अगाडि गाली ग्लोज नगरेपनि पछाडि गर्नैपर्ने किन हुन्छन् । यी र यस्ता विषय वस्तुहरु अहिले सोसियल मिडियामा छत्ताछुल्ल भेटिन्छन् । यो विषयमा चर्चा र बहश गर्नको लागी डिजिटल माध्यमनै पर्याप्त छन् ।
माथी उल्लेख भएका सम्पुर्ण विषय वस्तुहरु सामाजिक सञ्जालहरू खोलेर हेर्दा यस्ता समस्याहरु यत्रतत्र जहाँ त्यहीँ देखिन्छन् । पारिवारिक सम्बन्धमा खलल पर्ने समस्या, बालिका बलात्कार, पति वा पत्नीको हत्या, मर्यादा र सभ्यताका सीमा नाघेर भएका आफन्त जन बीचका अनैतिक सम्बन्ध, सामाजिक तथा पारिवारिक क्षेत्रको भयावह अवस्था उजागर गर्छ । कर्तव्य ज्यान मुद्धा, अराजकता, शिक्षाको डरलाग्दो व्यावसायिक स्वरूप, गुरु र शिष्यबीचको खराब सम्बन्ध, शैक्षिक क्षेत्रभित्रका समस्याहरु यस्का अराजक उदाहरण बनेका छन् । भ्रष्टाचार तथा अनियमितताको जग यसैमा निहित छ । यी र यस्ता सबै क्रियाकलाप निश्चित व्यवहारका उपज हुन् । ती व्यवहारहरूले व्यक्तिको चरित्र माथी प्रश्न गर्छन् । त्यसकारण अपेक्षित चरित्र निर्माण र विकाससँग जीवनका बहुआयामिक पक्षहरू सम्बन्धित हुन्छन् । यस्ता विसंगतिहरू व्यापक क्षेत्रमा विद्यमान छन् ।
मानिस जन्मजात नै सामाजिक प्राणी हो जस्ले मानव जातिसंग घुलमिल गरि जीवन सञ्चालन गर्न चाहान्छन् । मान्छे मान्छेको विचार र भावना विच रमाउन चाहान्छन । चरित्र निर्माण तथा विकासले समाज एक सहि दिशानिर्देश गर्ने गर्ने हो । निष्पक्ष्ता, इमानदारिता, सहिष्ण्ुता, बफादारिता, सहयोगी विचार, एक अर्काको भावनासंग समन्धित सदाचारी भावना यसका गुणहरू नै चरित्र भनिन्छन् । यस्ता गुणहरूले मान्छेको चरित्र बुझिन्छ । कुनै निश्चित अवस्थामा व्यक्ति तथा समूहबाट प्रदर्शित हुने वा गरिने सही र गलत व्यवहार चरित्रको प्रस्फुटन हो भनेर बुझिन्छ । यस हिसाबले चरित्र एक मान्छेको गुण हो । जसमा व्यक्तिले कति पढेलेखेको हो भन्ने यसको चरित्रमा भरपर्ने कुरा हो । विद्मालयवाट कति शिक्षा र ज्ञान आर्जन गरेको छ उस्को विचार, स्वभावले हुन्छ । व्यक्तिले कुनैपनि कार्य गर्दा कसरी र किन र साहस कति छनु सोहि अनुसारको व्यवहार गर्दछन् । असल चरित्र निर्माण भएको छैन भने नैतिक मूल्य कायम गर्दैन । चरित्र व्यक्तिभित्र रहेको धारणा र बुझाइले निर्देशित गर्छ । मान्छेको समूहमा बसेपछि समूह भित्रको नेतृत्व, मार्गदर्शन तथा तयारी गरिएका विधिहरूको पालना गर्नु अनिवार्य नै हुन्छ । यसैबाट पनि आचरण, व्यवहार, चालचलन निर्धारित हुन्छ ।
जंगली जनावरको सुरक्षा र आहारा मात्र केन्द्रबिन्दुमा हुन्छ भने मानिस सर्वश्रेष्ठ प्राणी हो जस्ले विवेक, बुद्धी, चेतना र सोच, विचार गरि आफनो व्यवहार सञ्चालन गर्दछ । सफा कपडा, राम्रो अनुहार, बोल्ने शैली र बनावटी मिठो बोली र शारीरिक आवरण केही होइनन्, यदि असल व्यवहार र सहि चरित्र छैन भने । एउटा खराब चरित्र भएको मानिस समाजमा बस्यो भने त्यसले बालबालिकालाई खराब बनाइरहेको हुन्छ ।
व्यवहार, भाषा, बोल्ने शैली, संवेदना तथा सहानुभूति, सहयोगी भावना, धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको बोध र ग्रहण कसरी गर्दछन् । नेपालको कानुन तथा नियमको परिपालना, सामाजिक दायित्व वहन, उत्त अधिकारलाई कर्तव्यसँग जोडेर गरिने व्यवहार, साहस, इमानदारिता, लचकता, सहिष्णुता जस्ता पक्षका आधारमा चरित्र मापन गरिन्छ ।
चरित्र निर्माण कसरी
मान्छेको चरित्र उस्ले भोगेका भोगाई र अनुभवबाट उस्को व्यवहारमा परिवर्तन हुन्छन् । मानव जातिले भोगाई पश्च्यात गरिने व्यवहार र आचरण नै चरित्र निर्माण हो । मानव जातिलाई कसैले दुःख पिडा र अवहेलना गरीएको समाजवाट उत्प्रेरित भई उस्को व्यवहारमा परिवर्तन अथवा गुणलाई चरित्र निर्माण भनिन्छ । असल र महान् व्यक्तिको संगत गर्ने, प्रवचन सुन्ने, ध्यान गर्ने, योग गर्ने, राम्रा कर्महरूमा समय खर्च गर्ने, असल कार्यमा समय र पुँजी लगानी गर्ने जस्ता क्रियाकलापमा अभ्यस्त रहँदा व्यक्तिले जुनसुकै उमेरमा पुगेर पनि असल चरित्र निर्माण गर्न सकिन्छ ।
समाजले स्वीकारेका चरित्र
आत्मसंयम हुने, इन्द्रियहरू माथि विजयी गर्ने, आत्मनियन्त्रण गर्न सक्नुलाई असल चरित्र निर्माण भएको लक्षणका रूपमा लिन सकिन्छ । विश्वसनीय हुने अथवा स्वीकृत आदर्श र व्यवहारबाट अनुप्राणित र स्वनिर्देशित भएका व्यक्तिहरू जहिले पनि विश्वसनीय हुन्छन् ।
चरित्र निर्माण भोलि होइन, अहिलेदेखि नै सुरु गर्नुपर्छ । चरित्रवान् व्यक्तिहरू नै समाजका गहना र बहना दुवै हुन् । सामाजिक, राजनीतिक बेथिति र असंगत व्यवहार चरित्र नै मुख्य पक्ष हो । सफा कपडा, मीठो बोली र शारीरिक आवरण केही पनि होइनन् यदि असल सोच, विचार र दृष्टिकोण छैन भने । एउटा खराब चरित्र भएको मानिस समाजमा बस्यो भने त्यसले बालबालिकालाई खराब होइनन् सिङ्गो समाज विगार्ने काम गर्दछन् ।