सुन्दर लोकतन्त्रको बाटो

Logo
रामसुन्दर राजवंशी प्रकाशित आइतबार, जेठ २६, २०८२

एक सुन्दर लोकतन्त्रमा नागरिक सशक्त, जिम्मेवार र अधिकार हुन्छन् । नागरिकले बिना कुनै भेदभाव समान रूपमा सबै प्रकारका अधिकारहरुको उपभोग गर्न पाउनुपर्छ। जसमा अभिव्यक्ति स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र सूचनाको हक लगायतका आधारभूत अधिकारहरू नागरिकले अनुभूति गर्न पाउनु पर्छ । अनि मात्र लोकतन्त्रको मूल्य र मान्यताको कदर हुन्छ ।

लोकतन्त्रमा सबै नागरिक कानूनको नजरमा समान हुनुपर्छ र कसैलाई पनि उसको लिङ्ग, धर्म,जाति, वर्ग वा अन्य कुनै आधारमा भेदभाव गरिनु हुँदैन । न्याय प्रणाली निष्पक्ष र पहुँचयोग्य हुनुपर्छ जबकि सबैले समान रूपमा न्याय पाउन सक्नु पर्छ ।

नागरिकहरू केवल मतदाता मात्र होईन उनीहरुले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पाउनुपर्छ । यसमा मतदान गर्नुका साथै सार्वजनिक नीति निर्माणमा संलग्न हुनु, बहस र छलफलमा भाग लिनु र सरकारलाई जवाफदेही बनाउन तत्पर रहन्छ।

नागरिकहरूले सरकारको काम–कारबाही, सेवा प्रवाह, सार्वजनिक मुद्दाहरू र अधिकार तथा कर्तव्यबारे पर्याप्त जानकारी पाउनुपर्छ। यसले नागरिकलाई सुसूचित बनाउछ जनताको नजरमा निगरानी रहन्छ । यसबाट राजनीतिक र प्रशसनिक प्रणाली स्वच्छ र स्वस्थ राखन मदत पुर्याउछ जसले गर्दा विधिको शासन बलियो हुनु नै लोकतन्त्र निखारिनु हो ।

नागरिकहरूले डर र त्रास बिना सुरक्षित र मर्यादित जीवन बिताउन पाउनुपर्छ। यसमा व्यक्तिगत सुरक्षा, सम्पत्तिको अधिकार र जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्न पाउनु पर्छ । साथै, कानूनको पालना गर्न, कर तिर्न, सार्वजनिक सम्पत्तिको रक्षा गर्न र सामाजिक सद्भाव कायम राख्न सक्नु पर्छ ।

नागरिकहरूले सरकारलाई आफ्ना कार्यहरूप्रति जवाफदेही बनाउन सक्नुपर्छ। भ्रष्टाचार र अनियमितताको विरोध गर्ने, प्रश्न सोध्ने र गलत कामको लागि आवाज उठाउने अधिकार नागरिकमा हुनुपर्छ। यसले नागरिकको अपनत्वको स्तर बढाउने कार्य गर्दछ तर, अहिलेको राजनीतिक अवस्था र व्यवस्था नागरिकको हितमा छैन । जसले गर्दा अराजक तत्वहरुको चलखेल बढ्दै गएको छ । यसले लोकतन्त्रलाई कमजोर बनाउछ ।

लोकतन्त्रमा अराजकताका असर

दलीय गलत नेतुत्वले राजनीतिलाई दुषित बनाएको छ । राजनीतिमा खराब नेतुत्वका कारण अराजकता बढ्दै गएको छ । अराजकताले राजनीतिक दल, सरकार र नागरिक समाजमा अस्थिरता पैदा गराएको छ । यसबाट सबै बेचेन छ । सर्वपक्षीय प्रणालीलाई असर पुर्याउने काम गरेको छ । जसले गर्दा देश र नागरिकको उठान र बिकाश हुन् सकेको छैन ।

अराजकताले हिंसात्मक गतिविधि, तोडफोड र द्वन्द्वलाई प्रोत्साहन दिई सामाजिक सद्भाव खल्बलाएको छ । यस्ता कार्यले कानुन र विधि–विधानलाई चुनौती दिएको छ । दण्डहीनता बढेर गएको छ । जसले गर्दा नागरिकका आधारभूत अधिकारमाथि प्रहार भएको छ ।

अराजक क्रियाकलापले आर्थिक गतिविधि र विकास निर्माणका कार्यमा बाधा र अडचन पुराएको छ । यिनै तत्त्वहरूको हावीले लोकतान्त्रिक प्रणाली कमजोर हुदै गएको छ । नागरिक निराश छन् । जसले गर्दा नागरिकमा लोकतन्त्रप्रतिको विश्वास घट्दै गएको छ ।

राजनीतिक अवस्था र व्यवस्था सुधार गर्न
सबै राजनीतिक दलहरु पथभ्रष्टको बाटो लिएका छन । दलीय नेतुत्व भ्रष्टको पोको बोकेका छन । नेतुत्व स्वस्थ स्वच्छ रहनु पर्छ । दलहरूले आफ्नो नेतृत्वलाई नैतिकता, इमान्दारिता र दूरदृष्टियुक्त बनाउन सक्नुपर्छ । देशमा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहितालाई कडाइका साथ लागू गराउन सक्नु पर्छ ।

देशमा बेतिथीहरु देखिएको छ, समस्या ग्रस्त छ । यिनै परस्थिति नागरिकले भोग्नु परेको छ । जसले गर्दा नागरिकका आवश्यकता र जनचाहना अनुसारका जनमुखी नीतिहरू निर्माण र कार्यान्वयनमा जोड दिन जरुरी छ ।यसले नीतिगत सुधार गर्न मदत पुर्याउछ ।

देशको आर्थिक बिकाश तहस–नहस छ । उधमशिलताको बिकास र रोजगारको अवसर सृजना गर्न सकेको छैन । तिसर्थ देशको दिगो आर्थिक विकासका लागि ठोस योजना बनाएर लागू गर्न जरुरी छ ।

समुदायमा अहिले पनि भेदभाव र विभेद विद्यमान छ । यस्ता किसिमका असमानतालाई हटाउन र सबै वर्ग, क्षेत्र र समुदायलाई समान अवसर प्रदान गर्नुपर्छ। अनि मात्र सामाजिक न्याय तिर उन्मुख हुन् सक्छ ।

संबिधानमा अवस्था र व्यवस्थाको अपनत्व छ । तर राजनीतिक अस्थिरताले संबिधान पालनामा बिचलन ल्याएको छ । सबै दलहरूले संविधानका प्रावधानहरूलाई इमान्दारितापूर्वक पालाना गर्नुपर्छ। जसले गर्दा राष्ट्रिय मुद्दाहरूमा दलीय स्वार्थभन्दा माथि उठेर सहकार्य र समन्वय गरी भावनाको विकास गर्न खाँचो छ ।

अब नागरिककालागि लोकतन्त्र बाटो कस्तो हुनु पर्ने ?
लोकतन्त्र अब नेतामुखी होइन, जनमुखी हुनुपर्छ। हरेक नीति, योजना तथा कार्यक्रम नागरिकको आवश्यकता र चाहनालाई केन्द्रबिन्दुमा राखेर बनाइनुपर्छ । केवल मतदानमा मात्र होईन, नीति निर्माण प्रक्रियामा पनि नागरिकको सक्रिय सहभागिता गराउन सक्नु पर्छ । यसले नागरिकको सबै तहमा भूमिका बढाउने कार्य गर्दछ ।

सरकार र राजनीतिक दलहरूले आफ्ना हरेक गतिविधिमा उच्च पारदर्शिता अपनाउदै लैजानु पर्छ । यसले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन प्रणाली बनाउन मदत पुर्याउछ । नागरिक पूर्ण रुपले जवाफदेही हुन्छ । जसले गर्दा राज्यका हरेक अंगमा सदाचारको अभ्यासले लोकतन्त्रलाई बलियो बनाउन मदत पुर्याउछ ।

लोकतन्त्रले आर्थिक असमानता घटाउँदै सबै नागरिकलाई समृद्ध जीवनयापन गर्ने अवसर प्रदान गरेको छ । नागरिकको स्तर उन्नतिको बाटो तिर उन्मुख गराएको छ । विशेषगरी रोजगारी सिर्जना र गरिबी निवारणमा विशेष जोड दिनुपर्छ । प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।

कानुनको सर्वोच्चता स्थापित गर्दै दण्डहीनताको अन्त्य गर्नुपर्छ । सीमान्तकृत वर्ग, समुदाय र लिंगका व्यक्तिहरूलाई राज्यका हरेक संरचनामा समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।

अन्त्यमा, नागरिकहरुका बिभिन्न विचार र दृष्टिकोण, संस्कृति र विश्वास हुन्छ । जसको सम्मान पाउनु पर्छ । कुनै प्रकारका विभेद नभई नागरिक बीच सहिष्णुता र मेलमिलाप हुनुपर्छ । जहाँ उनीहरूले आफ्नो सम्भावनालाई पूर्ण रूपमा विकास गर्न सक्छन् र देशको प्रगतिमा योगदान पुर्याउन सक्छन्। तसर्थ समाजको बदलिँदो आवश्यकतालाई सुन्दर लोकतन्त्रको बाटोबाट नागरिकलाई बलियो बनाउन सक्नु पर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]