

विवाह एक वा सो भन्दा बढी परिवार मिली एक बेहुला र एक बेहुलीलाई एक बलीयो सम्बन्धमा बाँधिनु नै विवाह भनिन्छ । अथवा पति, पत्नी बनी एक नयाँ सम्बन्धमा गाँसिनु नै विवाह भनिन्छ । विवाह पनि एक प्रेम विवाह हुनछ भने अर्को मागी विवाह हुनछ । प्रेम विवाह केहि वर्ष अगाडि देखि चिनजान भएको व्यत्तिसंग हुनछ भने मागी विवाह कहिले नहेरेको, कुरा नगरेको व्यत्तिसंग हुने विवाह हो ।
प्रेम विवाह र मागी विवाह चाहे जुन भएपनि सम्बन्ध कसरी टिकछ भने नै आजको मुख्य विषय वस्तु हो । अहिलेको समयमा सम्बन्ध विच्छेदका मुद्धाहरु पनि बढ्दै गएको छ । जसको कारणले समाज असव्यभाविक बन्दै गएको छ । प्रेम विवाह एक वा सो भन्दा बढी वर्ष वा समय चिनजान भएको व्यत्तिसंग भएको विवाह हो जस्ले बेहुला र बेहुलीको बारेमा सबै विषय वस्तु एक अर्कालाई थाहा भएको हुनछ । तर समय वित्दै जाँदा सम्बन्धमा दरार पैदा भई सम्बन्ध विच्छेद गर्दछन् । मागी विवाह केहि छिन मात्रै बोलेर गरिने विवाह हो जस्ले भोली नराम्रो हुनसक्दछ भने कुरा हुनसक्दछ । तर समयको परिधिमा परि धेरै परिवारको सम्बन्ध विच्छेद भइनै रहेको अवस्था पनि छन् ।
समय परिवर्तनसंगै यस आधुनिक यूगमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएको छ । विस्वका राम्रै घरबार भएका सुपर स्टार देखि प्रसिद्ध अन्य कलाकार समेत जोडीहरुको सम्बन्ध विच्छेद भएको समाचार रेडियो, टिभि, अनलाइन पत्रिका तथा अन्य सामाजीक सञ्जाल माध्यमबाट सुन र देख्न सकिन्छन् । छोराछोरी हुर्काइसकेका कतिपय दम्पतीले समेत केही कारणवस सम्बन्ध विच्छेद गरेको छ ।
सम्बन्ध विच्छेद समधान होइन । यो समस्या पनि होइन । तर, यसले छोराछोरीमा समस्या भने पकै निम्त्याउँछन् । जब पति–पत्नी अलग हुन्छन्, यसको असर प्रत्यक्षरुपमा छोराछोरीको मनोविज्ञानमा खतरनाक तरिकाले पदर्छ । सानै देखि बाबा र आमाको माया र स्नेह पाएका ति बालबालिकाहरु आफनो अभिभावकत्व गुमाएपछि बच्चाहरु बिचलित हुने संभावना प्रबल रहन्छ र यो भएको पनि छ । छोराछोरीको मांसिक अस्थिरता माथि प्रश्न उठछ र उनीहरुमा हिनताबोध उत्पन्न हुनछ ।
यसका लागी मोरङ्ग जील्लाको तिन वर्षको सम्बन्ध विच्छेदका मुद्धाहरुको तथ्याङ्क हेर्दा क्रमश बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७८—०७९ मा १७९८
आर्थिक वर्ष २०७९—०८० मा १९८३
आर्थिक वर्ष २०८० —०८१ मा १९८६
सम्बन्ध बिच्छेद किन हुनछ ?
प्रत्येक मानिसको सोच, विचार र दृष्टिकोण फरक —फरक हुनछ भन्दैमा स—साना विषय वस्तुको कारण देखाई सम्बन्ध विच्छेद गर्नु सायद उचित हुदैनन् । तर यो फेरी अहिलेको आधुनिक यूगमा कुनै नयाँ र अनौठो विषय पनि होइनन् । जब पति–पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गदर्छन् । यस्तो निर्णयले क्षणिक समस्याको सम्बन्ध फुकाइदिन्छ । दम्पती भनेको एक अर्काको आड भरोसा र विस्वास हुन् । जस्ले विवाह र सम्बन्ध गासिने समयमा जुन मन्त्र उचारण गरिएको हो त्यो संधै एक साथ रहि जीवन यापन गर्ने र दुःख, शुखमा साथ दिने मन्त्र नै हुन । तर यहाँ समय परिवर्तनशिल संगै मान्छेको व्यवहार र आचरण फरक — फरक भई सम्बन्ध विच्छेदसम्म कुरा पुग्दा फेरी त्यो पण्डीतको मन्त्र माथी प्रश्न नउठने कुरा हुदैनन् फेरी । पति पत्नी एकअर्काको दुःख सुखका साझेदार हुन् । एकअर्काका प्रेम र विश्वासका आधारस्तम्भ हुन् । दम्पती बीचको यहि विस्वास, भरोसा, प्रेम, समझदारी, आत्मियता यी र यस्ता विषय वस्तुले सम्बन्ध बलियो रन्छ । र मिठासपूर्ण भई जीवनभर शुख शान्ति ल्याउछ ।
जब सम्बन्धमा चिसो पन आउँछ ।
तर, कहिले काहिँ दम्पतीबीचको सम्बन्ध त्यती सुमधुर हुँदैनन, जति हुनुपथ्र्यो । पती वा पत्नीबीच कतिपय कुरामा सोच, विचार र दृष्टिकोण नमिल्दा सम्बन्धमा दरार पैदा गर्दछ । मत मिल्दैनन् । एकसाथ बस्दा पारिवारिक सोच मिल्दैन, एकअर्का प्रति मनमुटाव हुन्छ, अविश्वास बढ्दछ, झैझगडा हुन्छ यसले दाम्पत्य जीवनलाई खराप बनाइदिन्छ । किनभने सम्बन्ध विच्छेद गरिसकेपछि पुन जीवनलाई व्यवस्थित गराउन समय लाग्छ । गाउँ र समाजमा स्थापित हुन समय लाग्दछ । त्यसको सबैभन्दा ठूलो समस्या छोराछोरीले व्यहोर्नुपर्छ । अबोध छोराछोरीले आमा र बाबाको सम्बन्ध विच्छेद भएपछि बिना कसुर सजाय भोग्नुपर्छ ।
सम्बन्ध बिच्छेदको नकारात्मक प्रभाव ।
१. दुई जनाको जीवनको लय बिग्रन्छ ।
२. एकअर्काको साथ र सहयोग छुट्छ ।
३. मांसिक आघात पुग्दछ ।
४. सम्बन्ध बिच्छेद पश्च्यात समाजमा पुर्नस्थापित हुन समय लाग्दछ ।
५. जीवन तनावग्रस्तको अवस्थामा दिनहरु गुजार्नुपर्छ ।
६. आर्थिक रकम विभाजित हुनुपर्दा निकै समस्या झेल्नुपर्छ ।
७. आफ्ना छोराछोरी, परिवार, आफन्त, नातेदारले सास्ती व्यहोर्नुपर्छ ।
६. छोराछोरीले अभिभावकत्व गुमाउँछन् ।
७. अभिभावकको संरक्षण, माया, स्नेह गुमाउँछन् ।
८. छोराछोरी भयग्रस्त, चिन्ताग्रस्त हुन्छन् ।