

अरुले म, हामी र तपाईँको विषय वस्तुमा के सोचछ र कसरी हेर्छ भने कुरा नै धेरै कामहरु यहि सोचमा नगरेको, पछाडि परेको, लक्ष्य प्राप्त गर्न नसकेको आदि जस्ता कामहरु हुनछ । र अर्को विषय वस्तु के हो भने के थाहा अरुले म, हामी र तपाईँकाे बारेमा केहि पनि सोचिरहेको छैन भने फेरी के गर्ने हो । त्यसैले पनि काम गर्नु भन्दा अगाडि नै आफुले आफैँलाई समस्यामा पर्ने होइनन् । मानव जीवनमा यस्ता सोचहरु प्राय सबैको दिमागमा आउछन् र गर्छन् पनि । जीवनको धेरै कामहरु अरुले के भनछन् भनेर गरिरहेको हुदैनौँ । समाजले के भनछ । परिवारले मेरो बारेमा के सोचछ । मेरो छिमेकी झग्डा गरेको मान्छेले के सोचछ, के भनछ भनेर भएपनि हामी जीवनभरी केहि न केहि काम छाडेका हुनछौँ र गर्दैनौ पनि ।
म किराना दोकान खोलछु, अरु मान्छेले के भनछ । म चिया पसल खोलछु अरुले के भनछ । म यति धेरै पढेर कृषि कर्म कसरी गरुँ, अरुले के भनछ । म फयक्टरीमा काम गर्न चाहानछु अरुले के भनछ । म यति धेरै पढेर चटपटे पसल खोलछु, अरुले के भन्छ । म केटा साथीसंग कसरी बजार घुम्न जानसक्छु, अरुले के भन्छ । म विवाह गर्छु अरु मान्छेले के भनछ । यी र यस्ता विषयहरु हामी आ —आफनो क्षेत्र अथवा सोच, विचार र दृष्टिकोण अनुसारको जीवन निर्वाह गर्छौँ । मान्छेको जीवन यस धर्तिमा गतिशील छ । र अर्थपूर्ण पनि छन । जीवनमा धेरै निर्णयहरु आफनो सोच, विचार र दृष्टिकोणबाट गरिने प्रक्रिया हो । जहाँ कहिलेकाहिँ गलत पनि हुनसक्दछन् र कहिँ सहि पनि हुनसक्दछन् । निर्णय निर्माण कार्य एक दुर दृष्टि कार्य पनि भन सकिन्छन् । जीवनमा राम्रो कामको खोजी गरिनेमा म, हामी र तपाईँ सबै जना हौँ ।
अरुले के भनछ र अरु मेरो बारेमा के सोचदछ भनेर सोचियौँ भनै कसैले पनि म, हामी र तपाईँ अरुले राम्रो गरोस् भनेर सोचिदिदैनन् यो पक्का हो । किनभने मान्छेको गुण नै त्यहिँ स्वभावको हुनछ र यो मानव जातिमा देखिन्छ पनि । अरुको राम्रो हेर्ननसकनु यो मानव जातिको स्वभाव र गुण दुबै हो । त्यसैले भएपनि म, हामी र तपाईँले गर्न चाहेका र गर्न खोजेका सम्पुर्ण विषय वस्तुहरु तपाईँले सोचे अनुसार नै गर्नपर्छ । फेरी म, हामी र तपाईँको निर्णय सहि हुनछ कि गलत तपाईँले काम गरेपछि मात्रै थाहा हुने कुरा हो ।
उद्माहरणका लागी ।
१.अरुले के सोचछ भनेर आफुले नगर्नु के थाहा कि अरुले केहि पनि नसोचेको छ कि बा । अरुले के भनछ, अरुले के सोचछ । अरुले मलाई के सोचेर हेर्छ । यी र यस्ता विषय वस्तुहरु सोचदा सोचदै हामी जीवनमा धेरै कार्यहरु छोडिदै गएका हुन्छौँ ।
ति मध्य केहि निर्णयहरु यस प्रकार छन ।
१. कस्तो व्यवसाय सुरुवात गर्ने ।
२. जीवनको उद्देश्य प्राप्त गर्ने कि सिधै आफनो इच्छा अनुसार कामको जागीर गर्ने ।
३. भने जस्तो नहुँदा काम परिवर्तन गर्ने वा नगर्ने ।
४. यहि काम गर्ने कि अर्को काम गर्ने ।
५. विवाहपछि तुरुन्त बच्चा जन्माउने वा नजन्माउने ।
६. उच्च शिक्षामा ध्यान केन्द्रित गर्ने कि सिधै काम गर्ने ।
अधिकाँश मानिसहरुले आफनो भविष्य यस विषय वस्तु अथवा अरु विषय वस्तुमा विचार र निर्णय गर्दछ ।
निर्णय लिन किन आवश्यक छ ?
मानिसको जीवनमा कुनै एउटा न एउटा निर्णय लिनैपर्छ । निर्णय लिने कार्य अलवा अर्को उत्कृष्ट विकल्प परिकल्पना गर्न सकिँदैन । यसको पछाडि केही मुख्य कारणहरू रहेका छन् । मानीस शान्तिको खोजीको लागी निर्णय लिनछ । कुनैपनि कुराहरू, आफ्ना इच्छा आकांक्षाहरू पुरा गर्नलाई हुनछन् । सपनाहरू पुरा गर्नलाई हुनछ । व्यक्तित्व तथा कमीकमजोरीहरू सुधारको लागी पनि हुनसक्दछन् । यी सबै विषय वस्तु बारे स्पष्ट तथा पार्दशी हुन सकिएन भने सोच, विचार र दृष्टिकोण सफ र राम्रो वृद्धि विकास गर्न नसकिने भएकोले जीवन नराम्रो हुनसक्दछ । निर्णय अनिवार्य चाहिने विषय वस्तु पनि हो । यदि जीवनमा राम्रो निर्माण गर्न नसकदा जीवन विना अर्थ समाप्त हुनसकदछ । यदि यी सम्पूर्ण कुराहरूबारे स्पष्ट हुन र सोहीअनुसार उचित निर्णय लिन सक्यौँ भने जीवनले एउटा राम्रो गति लिँदै जानछ । सही मार्गदर्शन र दिशामा अघि बढिँदै जानछ ।
निर्णय गर्न कठिन हुनुका प्रमुख कारणहरूः
१. निर्णय लिन कत्तिको महत्त्वपूर्ण छ ।
२.म यो निर्णय लिनछु समाजले के भनछ ।
३. निर्णयले जीवनमा कसरी प्रभाव पार्नसक्छ ।
४. म यो व्यापार गर्न चाहान्छु मेरो छिमेकिले के भनछ ।
५. निर्णय लिन खोजेको विषयमा आफु निरुतशहित हुनु ।
६. आत्मविस्वास नहुनु ।
७. सोच, विचार र सफा दृष्टिकोण नहुनु ।
८.आफनो काम भन्दा अरुले के भनछ भनेर धेरै सोचनु ।
निर्णायक सशक्त विधिहरू
समय परिवर्तनसंगै आफु सञ्चालन नहुदा अथवा हुन नसकदा समय खेर गई आफु पछाडि हुनु नै निर्णयको मुख्य उदेश्य हो जुन मानव जीवनमा अनिवार्य छ । निर्णय लिन वा निर्णायक बन्न सकिएन भने जीवनमा उकालो होइन, ओरालो तर्फ लागिन्छ । र, अन्तमा एक औसत दर्जाको व्यक्तित्वको रूपमा बाँच्न वा सामान्य जीवनयापनमा चित्त बुझाउनु अनिवार्यता हुनुपर्ने बाध्यता आइपर्छ । यस विषय वस्तुमा हामीले स्पष्ट सँग बुझिसकनुपर्ने विषय हो ।
जीवनको ति महत्त्वपूर्ण निर्णयहरू लामो समय थाँती राखीराख्दा , ती निर्णयहरूबारे धारणा परिवर्तन गरिरहँदा या नयाँ निर्णयहरू गर्ने पक्षमा उभिँदा प्राप्त हुने परिणामहरू र पीडाबारे सूक्ष्म अवलोकन धेरै दुःख दायी हुनछ । यसैकारणले भएपनि मनमा उत्पन्न हुने अशान्ति, अस्तव्यस्तता र अनिश्चितताबारे पनि सूक्ष्म अवलोकन गर्नुपर्ने हुनछ । यस अभ्यासबाट तपाईँलाई उपयुक्त निर्णयहरू लिन सिर्जनात्मक उपाय र प्रेरणा मिल्छ । त्यसैगरी कुनैपनि विषय वस्तुमा स्पष्ट हुन नसकेको कारणले प्राप्त हुने परिणामहरू दुःख दायी हुनेगर्दछ । कस्तो स्वभाव र व्यवहारमा सुधार, परिवर्तन ल्याउँदा सहजै निर्णायक बन्न सकिन्छ भने नै हुनुपर्ने हुनछ । यी र यस्ता माथीका सम्पुर्ण विषय वस्तुहरु यावत् आत्मनिरीक्षण गर्नुपर्ने हुनछ । मानौँ, तपाईँ स्वदेशमै बसेर केही काम गर्ने वा विदेश गएर भविष्य बनाउने भन्ने विषयमा स्पष्ट हुन सक्नुपर्छ । सो कामको परिणामहरू अवलोकन, सुक्ष्म अध्यन गर्नुका साथै आत्मविश्लेषण पनि अनिवार्य गर्नुपर्छ ।