सम्पन्न बस्तीमा मुसहर समुदायका अवस्था

Logo
रामसुन्दर राजबंशी प्रकाशित सोमबार, कार्तिक २४, २०८२

विराटनगर महानगरपालिका वडा नं. १२, मलानुह्वा स्थित ‘महानगर आवास परियोजना’ अन्तर्गत मुसहर समुदायको बस्ती बसाइएको छ l जसको नाम ‘सम्पन्न बस्ती’ राखिएको हो l नाममा सम्पन्नता, यथार्थमा विपन्नतासंग झेल्दै आएका मुसहर समुदायलाई व्यवस्थित गर्न ‘सम्पन्नता बस्ती’ को निर्माणको परियोजना लगभग सम्पन्न भैसकेको छ l

बिराटनगर महानगरपालिका आवास परियोजना कार्यक्रम अन्तर्गत १४५ घर निर्माण सम्पन्न बस्ती गर्नुपर्ने छ l जसमा ८३ वटा टिनको छानो र बाँससहितको घर निर्माण गरी बसोबास गर्दै आएका छन् l बस्तीमा ६२ वटा घर निर्माण गर्न बाँकी रहेको पाइन्छ l सो घर निर्माणका लागि जीवन विकासले जग्गा किन्न ऋण मुसहर समुदायलाई उपलब्ध गराएको छ l घर निर्माण कार्यमा हबिटेड, महानगरपालिका र कोशी प्रदेश सरकारको भूमिका रहेको पाइन्छ l जसको साक्षी पुर्व मुख्यमन्त्रि माननीय केदार कार्की साक्षी बस्नु भएको छ l सो परियोजना नसकुन्जेल सम्म घरको मर्मत तथा सम्भारको व्यवस्था आवास परियोजनामा गरिएको छ l तसर्थ, सबै तहको सरकार ढिला सुस्तीका कारण आवास परियोजना सम्पन्न हुन् सकेको छैनन् l

सम्पन्न बस्तीको उपभोक्ता क, ख ,ग र घ गरि बर्गीकरण गरिएको छ l सो उपभोताले खरीद प्रक्रिया कोटेशन मार्फत गर्ने गर्दछ l सो उप्भोताहरुको ३ वटा जग्गा धनी पुर्जामा १४५ जनाको जग्गा धनीको नाम उल्लेखित गरिएको उनीहरुको भनाई छ l घर मुसहर समुदाय आर्थिक अवस्था निकै नै कमजोर छ l उनीहरुको ठुलो र संगोल परिवार रहेको छ, त्यँहा स-सना बालबालिका हरेक कुराबाट जोखिम अवस्था छन् l उनीहरु मेहनेती र परिश्रमी छन् l उनीहरु ज्याला, मजदुरी र अरुका खेतीपाती गर्दै आफ्नो जीवन गुजार्दै आएका छन् l तर, पनि उनीहरु आर्थिकरुपमा उठ्न सकेको छैन l

सम्पन्न बस्तीमा प्राय: जसो घर-घरमा गाईगोरु, बाख्रा-खसी र हाँस-कुखुरा लगायतका पशुपंक्षी पाल्दै जीविकोपार्जनको श्रोत बनाएका छन् l यसले पनि घर व्यवहार चलाउन मदत गरेको छ l यो परियोजनाबाट उनीहरुले घर र जग्गा ऋणमा त् पाए l तर अहिले त्यो ऋण तिर्न धौ-धौ परेको छ l उनीहरु ऋण कसरी तिर्ने लिएर सधै चिन्तीत भैरहेका हुन्छन् l उनीहरुले ऋण तिर्न नसक्दा बेला बखत कडा तकेदा आउने गरेको छ l उनीहरु आमनचैनका साथ घरमा बस्न पाका छैन l उनीहरु घर-जग्गाको ऋण तिर्ने अवस्थमा छैन l यसप्रति परियोजनासंगको आबद्ध नेतुत्वले ध्यान दिन आवस्यक छ l

यो सम्पन्न बस्ती केशलिया खोलाको किनार देखि लगभग ३० फिट दुरी मा बस्ती बसाएको छ l खोलाको छेउमै भएकोले प्रत्येक बर्खे याममा बाढीपानीले कटान गरेकोले सम्पन्न बस्ती जलमग्न हुने गरेको छ, त्यहाँका मानिसहरु बाढीपानीबाट पिडित हुदै आएका छन् l जसले गर्दा उनीहरुको प्रत्येक घर धुरीबाट बाढीपानीका कारण लगभग ५० हजारको घरपालुवा पशुपंक्षी क्षति हुने गरेको छ, र त्यहाँ बारम्बार बिपत दोहरिएको छ l यस्तो क्षतिले पनि बिपन्न बनाएको छ, र सम्पन्न बस्तीका जनजीवन कष्टकर बन्दै गएको छ l उनीहरुको जनजीवन बाढीपानी आएको बेला अरुभन्दा निकै नै प्रभावित हुने गरेको छ l यसप्रति सबै तहका सरकारले ध्यान दिन जरुरी देखिन्छ l
सो बस्तीमा अशुरो पक्की नालामा फोहर पानी बार्हौ मासे जम्ने गरेको छ l जसले गर्दा पानीको दुर्गन्धले झाडापखाला, ज्वरो, पेट दुख्ने, रुघाखोकी प्राय: त्यहाँका मानिसहरु ग्रसित हुदै आएका छन् l विशेष गरी स-साना बालबालिका जोखिम अवस्था रहेका छन् l उनीहरु फोहर माटा सँग खेलकुद गर्दै शाररिक सरसफाईमा ध्यान दिएका छैन l जसले गर्दा साना बच्चाहरु विभिन्न रोगहरुबाट ग्रसित हुदै आएका छन् l यसै गरि महिला र बृद्र-बृद्रा पनि स्वास्थको समस्याबाट पिडित हुदै गएको छ l

यो परियोजना आर्थिक रूपमा निकै पछि परेका र सामाजिक बहिष्करणमा परेका ऋषिदेव (मुसहर) समुदायलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गरिएको छ l महानगर आवास परियोजना अन्तर्गत १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा आवास निर्माणको काम भइरहेको छ । प्रतिपरिवार १० धुर जग्गा, तीन कोठे भवन, शौचालय, खानेपानी, बिजुली, नालासहितको बाटो, सामुदायिक भवन र खेलकुद मैदानसमेतको व्यवस्था योजना गरिएको छ ।

मुसहरहरूको बसोबास व्यवस्थापन गर्न चुनौतीहरू

यो बस्तीमा केशलिया खोलाको नजिकमा रहेको छ l जसले गर्दा हरेक बर्षको बर्खा याममा अविरल बर्षका कारण मुसहर समुदायको बस्ती डुबान हुने र ठुलो संख्यामा घरपरिवार विस्थापित हुने गरेको छ l तसर्थ, महानगर आवास परियोजना मार्फत बस्तीका मुसहर परिवारहरूलाई व्यवस्थित घरहरू उपलब्ध गराउने प्रयास गरिएको छ । यसले परम्परागत रूपमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास गर्दै आएका मुसहर समुदायका लागि उद्धार एवम् राहत दिएको छ l यो व्यवस्थापन गर्न चुनौतिपूर्ण छ l यो बस्तीको महत्त्वपूर्ण पक्ष भनेको प्रतिपरिवार १० धुर जग्गा घरधनीकै स्वामित्व रहने व्यवस्था गर्नु हो, जसले उनीहरूलाई भूमिहीनताको समस्याबाट मुक्त गर्न र सम्पत्तिको अधिकार प्रदान गरेको छ l

घरहरु निर्माणधीन अवस्थामै रहेकोले बस्तीमा अझ पूर्ण रूपमा आवश्यक सबै संरचना तथा सेवाहरू पुग्न सकेको छैन । बस्तीभित्रको बाटोमा नाला र ढलको निकासको व्यवस्था छैन l नालाहरु साँगुरो भएकोले पानि जाम हुने गरेको छ l जसलेगर्दा अत्यधिक बर्षाको पानी बस्तीभन्दा बाहिर जान पाउदैन l यसले प्रत्येक वर्ष डुवानको समस्या निम्त्याएको छ l यसका साथै, बस्तीमा खानेपानी र विद्युत् जडान गर्ने योजना विस्तार गर्दै आएको छ l

भौतिक संरचना निर्माणले मात्र समुदायको जीवनस्तरमाथि उठ्दैन । शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नभएसम्म उनीहरूको विपन्नता कायमै रहन्छ । तसर्थ यी यथावत समस्याहरु चुनौतिपूर्ण हुँदा-हुँदै पनि प्रभावकारी व्यवस्थापन गर्न आवश्यक छ l

केसलिया खोलाको बाढीपानीले जनजीवनमा पारेको असर

केसलिया खोलाको छेउमा रहेको सम्पन्नता बस्तीको लागि सबैभन्दा ठूलो चुनौती र डर भनेकै प्रत्येक वर्ष आउने बाढी र जलमग्नता हो । यसले प्रत्येक बर्ष जनधनको क्षति हुने गरेको छ l बाढीपानीबाट हुने गरेको क्षती कसैले पनि क्षतिपूर्ति दिने गरेको देखिदैन l सधैभरी बर्खा याममा बस्तीका मुसहर समुदायहरु बाढीपानीबाट पीडित हुने गरेको छ l जसले गर्दा उनीहरु बारम्बार विस्थापित हुनुपर्दाको मानसिक तनाव र असुरक्षाको भावनाले बस्तीका मानिसहरूको मनोबल कमजोर बनाएको छ ।

मनसुन सुरु भएलगत्तै उत्तरी क्षेत्रमा हुने अविरल वर्षाका कारण केसलिया खोला ओभरफ्लो भएर बस्तीमा पानी पस्ने गरेको छ । यसले गर्दा बस्तीका मानिसहरू बारम्बार विस्थापित हुनु परेको छ । विगतका वर्षहरूमा पनि ७५ देखि १०० भन्दा बढी घरधुरीका ३५० जनाभन्दा बढी मानिसहरू विस्थापित भई बखरी आधारभूत विद्यालय वा अन्य सुरक्षित स्थानमा शरण लिन बाध्य भएको अवस्था छ ।
बाढीले घरहरू डुबाउने, भौतिक सामग्री तथा अन्नपात नष्ट गर्ने, शौचालय तथा सरसफाइको संरचनामा क्षति पुर्यातएको छ l जसले समुदायलाई झन् गरिबी र कष्टको चक्रमा धकेलिएको छ l

पूर्व मुख्यमन्त्री केदार कार्की, जीवन विकास समाज र हेरिटेज संस्थाको भूमिका

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफ्नो कार्यकाल प्रश्चात पनि मुसहर बस्तीको उत्थानमा सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् । उहाँले मुख्यमन्त्रीको रूपमा वा स्थानीय नेताको हैसियतले बस्तीको विकास र मुसहर समुदायको उत्थानका लागि सरकारी बजेट विनियोजन गर्न, आवास परियोजनालाई प्राथमिकता दिन र बाढी नियन्त्रणका लागि नदी तटबन्धनको योजना अगाडि बढाउन महत्त्वपूर्ण राजनीतिक इच्छाशक्तिको भूमिका निर्वाह गर्दै आएको छ l

उहाँले सरकारी निकाय र जीवन विकास समाज तथा हेरिटेज जस्ता गैरसरकारी संस्थाहरूबीच बस्तीको समस्या समाधानका लागि समन्वयकारी भूमिका रहेको पाइन्छ । जीवन विकास समाज एक स्थापित संस्था हो जसले सामाजिक र आर्थिक उत्थानका लागि काम गर्दै आएका छन् । हेरिटेजले पनि विशेषगरी गरिब र सीमान्तकृत समुदायको आवास र शिक्षामा काम गर्दै आएको पाइन्छ l उहाँको पहलमा यी संस्थाहरूले बस्तीमा शिक्षा, स्वास्थ्य, सीप विकास वा आवास निर्माणमा थप सहयोग पुयाएको छ ।

सरकारी प्रतिनिधिहरुले परियोजनाको निर्माण कार्यको निगरानी र समयमै गुणस्तरीय काम सम्पन्न गराउनका लागि उहाँहरुले प्रोत्साहनको भूमिका निर्वाह गर्दै आएका छन् । तर अहिलेको मुख्यमन्त्री खासै सम्पन्न बस्तीको बिकासप्रति चासो देखिएको छैन l

स्थानीय जनप्रतिनिधिहरूको अपेक्षित भूमिका

सम्पन्नता बस्तीको दिगो विकासका लागि स्थानीय जनप्रतिनिधिहरूको निर्णायक भुमिका हुन्छ । महानगर आवास कार्यक्रम भएकोले स्थानीय तहको नेतुत्व आवश्यक देखिन्छ l जसले गर्दा आवस निर्माण कार्यमा प्रभावकारीता देखिन्छ र पहिलो तहको जिम्मेवारी पनि हो l
सम्पन्न बस्तीका मुसहर समुदायमा शिक्षा, स्वास्थ्य, र रोजगार लगायतका समस्याले घेरिएको छ l ति आधारभूत आवस्यकता ज्युका ट्यु नै छ l उनीहरु गरिबीका कारण पर्छौटेपनका शिकार भएका छन् l यिनै समस्याहरुको गहिरो अध्ययन हुन् सकेको छैन l तसर्थ वार्षिक योजना र बजेटमा उच्च प्राथमिकतामा जोड दिनु पर्ने आवश्यकता देखिएको छ ।

उक्त सम्पन्न बस्तीमा बर्षेनी बाढीपानीले क्षति गर्ने गरेको छ l बस्ती का मानिसहरु बर्खे याममा नदीको कटानले त्रस्ति हुने गरेका छन् l अहिलेसम्म केसलिया खोलाको नियन्त्रणका लागि तटबन्धनको व्यवस्थापन हुन् सकेको छैन l ढलको पनि निकासा हुन् सकेको छैन l
शिक्षा, स्वास्थ्य र सरसफाइ जस्ता आधारभूत सेवाहरू बस्तीका हरेक घरसम्म पुगेको सुनिश्चित गर्नुपर्ने हो तर, उनीहरु यी सेवाबाट बन्चित हुदै आएको भन्ने गुनासो छ l तसर्थ वडा कार्यालयबाट दिइने सेवाहरूलाई सहज, छिटो-छरितो र प्रभाबकारी बनाउन आवश्यक छ l
प्रदेश सरकार, संघीय सरकार, गैरसरकारी संस्थाहरू निजी क्षेत्र र सामुदायिक संस्थाहरू समन्वय र सहकार्य नभएकै कारण सास्ती भोग्नु परेको छ l जब कि बस्तीको विकासका लागि सबैको अपनत्वको खाचो छ l मुसहर समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने हो l तर सबै सरोकारवालाहरु एक अर्काको पर्खाइमा छ l कसैलाई पनि चासो छैन l जब, त्यहाँका जनजीवन प्राकृतिक प्रकोप अर्थात् बढीपानीले प्रभावित बनाउछ l तबमात्र सरोकारवालाहरु आखा खुल्ने गरेको छ l त्यस्ता चटके कार्यहरु त्यसबखत हुने गरेको छ l जुन कार्य दिगो समाधान होइन l यो आवास परियोजना सम्पन्न गर्ने बिराटनगर महानगरपालिकाको दायित्व हो l यसको नेतुत्व विराटनगर महानगरपालिकाले लिनुपर्छ l यसप्रति सबै तहको सरकारको ध्यान जाओस l

सम्पन्न बस्तीका समस्याका समाधान र सुधार गर्नका लागि सुझावहरु:

• बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था दहनीय भएकोले राज्यको मूलधारमा ल्याउन जरुरी छ ।
• मुसहर समुदायमा साक्षरता दर न्यून छ । जसको चेतनाको कमी छ l आर्थिक विपन्नताले गर्दा बालबालिकाहरु बिधालयमा पढ्दा पढ्दै बिचमै बिधालय छाड्ने प्रवृति देखिएको छ l यसका लागी मुसहर बालबालिकालाई विद्यालयमा टिकाउनका लागि छात्रवृत्ति, निःशुल्क खाजा र शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ । तसर्थ यसलाई प्रभावकारी ढंग लैजान सक्नु पर्छ l
• बस्ती नजिकै विद्यालय भए पनि नियमित उपस्थितिको कमी र गुणस्तरीय शिक्षामा पहुँचको अभाव छ । यसका लागी बिधार्थी, अभिभावक, बिधालय व्यवस्थापन समिति र सरोकारवालाहरुले उत्प्ररेण र सचेतना कार्यक्रम गरिनु पर्छ l
• गरिबीका बालबालिकाहरुलाई प्रयाप्त सन्तुलित आहारमा पहुँच नहुँदा उनीहरु कुपोषणक शिकार भएका छन् l उनीहरुको तौलमा पनि कमि हुदै गएको छ l उनीहरु स्वास्थ्य सेवाबारे अनभिज्ञ हुदै आएका छन् l जसले गर्दा उनीहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुदै आएका छन् । तसर्थ बस्तीमै नियमित रूपमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क उपचार र औषधिको व्यवस्था गरिनुपर्छ ।
• गर्भवती महिला र बालबालिकालाई लक्षित गरी पोषण सम्बन्धी सचेतना तथा वातावरणीय सरसफाइको तालिम उपलब्ध गराउनु पर्छ l
• सबै परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउन प्रोत्साहन गर्नुपर्छ l
• बाढी र अव्यवस्थित ढल निकासका कारण सरसफाइको अवस्था नाजुक छ, जसले रोगको जोखिम बढाएको छ । यसमा उनीहरुको सकृय सहभागीतामा व्यवस्थापन गराउन प्रेरित गर्नु पर्छ l
• उनीहरुलाई उद्यमशीलताको सम्बन्धि तालिम दिई सानो व्यवसाय सुरु गर्नका लागि सहुलियत दरमा लघु वित्त उपलब्ध गराउने ।
• मुसहर समुदायको परम्परागत कला र सीपलाई प्रवर्द्धन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरिनुपर्छ ।
• मुसहर समुदायको परम्परागत सीपहरूलाई आधुनिक बजारसँग जोड्न नसक्दा लोप हुदै गएको छ l जसले गर्दा राम्रो कमाइ हुने रोजगारबाट वञ्चित भएका छन् । तसर्थ मुसहर युवा तथा महिलाहरूलाई सिलाई-कटाई, ब्युटी पार्लर, मोबाइल मर्मत, प्लम्बिङ, कृषि प्रविधि लगायत सिप प्रदान गर्नुपर्छ ।
• उनीहरुलाई एक घर एक रोजगार दिन सक्नुपर्छ l

अन्त्यमा, मुसहर बस्तीमा ‘सम्पन्नता’ को वास्तविक अर्थ केवल घरको छाना मात्र होइन, उनीहरुको सुरक्षित जीवन, गुणस्तरीय शिक्षा, स्वस्थ र रोजगारको ग्यारेन्टी चाहिएको हो । तर, उनीहरु विपन्नताको अवस्थामा बाँचिरहेका छन् l तसर्थ ‘सम्पन्नता बस्ती’ को नामलाई यथार्थमा परिणत गर्नका लागि मुसहर समुदायलाई गरिबी र विपन्नताको चक्रबाट मुक्त गर्न ठोस कदम चाल्न जरुरी छ l

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]