झापा–११ को फाइनल यात्रा तय, यूकेएफसी कर्साङमाथि ५–१ को शानदार जित

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, आश्विन २१, २०८३

पथरी शनिश्चरे समाचारदाता, असोज २१ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप–२०८३ को पहिलो सेमिफाइनलमा झापा–११ एफसीले भारतको यूकेएफसी कर्साङलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
पथरी शनिश्चरेमा बुधबार भएको खेलमा झापा–११ ले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै कर्साङमाथि दबाब कायम राखेको थियो। झापा–११ का प्रताप सिंह राईले ह्याट्रिक पूरा गर्दा फागुराम थारुले दुई गोल थपे।
कर्साङले एक गोल फर्काए पनि झापा–११ को आक्रामक गति रोक्न सकेन। पाँच गोलको प्रभावशाली जितसँगै झापा–११ ले प्रतियोगिताको उपाधि भिडन्त पक्का गरेको हो।
झापा–११ का प्रताप सिंह राई खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विक र पथरीशनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष नैना राईले ट्रफीसहित नगद ७ हजार ५ सय रुपैयाँ प्रदान गरे।
खेलमा पथरीशनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष नैना राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार न्युरोड एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेतासँग झापा–११ ले उपाधिका लागि फाइनल खेल्नेछ।
पथरी–११ फुटबल क्लबका सचिव केशर राईका अनुसार दोस्रो सेमिफाइनलपछि फाइनलको प्रतिद्वन्द्वी तय हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]