विराटनगरमा राखी र जनैका लागि डोरो किन्नेहरूको भीड

Logo
सरिता कर्मकार प्रकाशित आइतबार, भाद्र ०२, २०८१

विराटनगर/ सोमबार मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा विराटनगरको बजारमा राखी र जनैका लागि डोरो किन्नेहरूको चहलपहल देखिएको छ।

 

रक्षाबन्धनको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने परम्परा रहेको छ। यस अवसरमा व्यवसायीहरू सडकका छेउछाउमा राखी र डोरा बेच्न बसेका छन्। बजारमा १० देखि २५० रुपैयाँसम्मको मूल्यका राखीहरू उपलब्ध छन्।

 

व्यवसायीहरूको भनाइ अनुसार, अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष ग्राहकहरूको संख्या कम देखिएको छ। यो वर्ष रक्षाबन्धनको साहित दिउँसो १२ बजेपछि परेको छ।

 

यसैदिन क्वाँटी खाईने चलन रहेको छ। जनैपूर्णिमा विशेष परिकारको रूपमा क्वाँटीलाई मानिन्छ। बर्खाभरि खेतिपातीमा खटिएर थाकेको शरीरलाई पुनः स्फूर्त बनाउन जनैपूर्णिमाका दिन क्वाँटी खाने परम्परा छ।

तस्बिर:-

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]