विराटनगरमा रथ यात्राको अवसरमा जुस वितरण कार्यक्रम आयोजना

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, भाद्र ११, २०८१

विराटनगर / रथ यात्राको पावन अवसरमा विराटनगरमा विभिन्न संस्थाहरूले जुस वितरण कार्यक्रम आयोजना गर्ने भएका छन्। नेपाल अग्रवाल सेवा,नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल महिला मञ्च, र नेपाल अग्रवाल कन्या मञ्चले संयुक्त रूपमा यस कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

जुस वितरण कार्यक्रम विराटनगरको तिन पैनी चोकस्थित गोल्बल आईएमई बैंकको अगाडि गरिनेछ। कार्यक्रम आज बेलुकी दुई बजेबाट सुरु हुनेछ। रथ यात्रामा सहभागी भई आउने भक्तजनहरूलाई तिर्खा मेटाउन तथा थकान कम गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो।

नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष चेतन अग्रवालले रथ यात्रामा सहभागी भक्तजनहरूको सेवा गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]