विराटनगरमा तीजको अवसरमा तीन दिने नारी उत्सव सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

विराटनगर/मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा विराटनगरमा तीन दिने नारी उत्सव सुरु गरेको छ। उक्त उत्सव विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा शुक्रबारदेखि सुरु भएको हो।

महिला उद्यम समितिकी संयोजक श्रृति शर्माले तीज पर्वका लागि आवश्यक सामग्री एकै स्थानमा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले नारी उत्सवको आयोजना गरिएको बताइन्।

उत्सवमा एसी र नन एसी गरी कुल ६० स्टलहरू रहेका छन्, जसमा ४० स्टलबाट लत्ताकपडा, कस्मेटिक सामग्री, र चाँदीका गहना बिक्री भइरहेका छन्। साथै, फुडका १० र कृषिका १० स्टल पनि उत्सवमा समावेश गरिएका छन्। विशेष गरी महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरू स्टलहरूबाट बिक्रीमा राखिएका छन्।

नारी उत्सवमा अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

शुक्रबार भएको उद्‌घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्सवको उद्घाटन गरेका थिए। यस समारोहमा मिस नेपाल आश्माकुमारी केसी र सुमना केसीको उपस्थिति पनि रहेको थियो। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका उपमेयर शिल्ला निराला कार्की, र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आ-आफ्ना मन्तव्य व्यक्त गरे।

नारी उत्सव तीज पर्वको उत्साहलाई थप बलियो बनाउने र महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण कार्यक्रमको रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]