विराटनगरमा सिटी सफारी दुर्घटना: चार जना घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/ सोमबार साँझ विराटनगर-१३ कोशी प्रोजेक्ट क्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्र १-०२-००४ ह ३२८९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा सिराहा विष्णुपुर गाउँपालिका-१ निवासी २९ वर्षीय मनोज यादव र १८ वर्षीया मनिषा यादव सामान्य घाइते भएका छन्। प्रहरीले जनाएको अनुसार उनीहरूको हातमा चोट लागेको छ। त्यस्तै, विराटनगर-८ निवासी २७ वर्षीया अनिता साह र विराटनगर-१३ निवासी ६१ वर्षीय सियानन्द यादव पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूलाई तत्काल उपचारका लागि कोशी अस्पताल पठाइएको छ। दुर्घटनामा परेको सिटी सफारी बुढीगङ्गा गाउँपालिका-३ निवासी ३६ वर्षीय चालक बिन्दुराज महतोले चलाएका थिए। प्रहरीका अनुसार चालकसँग सफारी चलाउने अनुमति पत्र थिएन। अहिले दुर्घटनामा परेको सिटी सफारी प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]