महेन्द्र स्कुलले विभिन्न कार्यक्रम सहित बालदिवस मनाइयो

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

दुहबी /६० औं राष्ट्रिय बालदिवसको अवसरको पुर्वसंध्यामा सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम सहित बालदिवस मनाएको छ।

“बालबालिका लगानी :सुनिश्चित भविष्यको थालनी ”भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरुको उपस्थितिमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न कला प्रदर्शनी गर्ने उत्कृष्टलाई प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य पत्रकार चन्दन रौनियार र अनुशासन विभागका इन्चार्ज कृष्ण योन्जन
विभिन्न बिदामा प्रथम दोस्रो तेस्रो हुनेहरुलाई संयुक्तरूपमा  पुरस्कर बितरण गरिएको थियो।

उक्त अवसरमा विद्यार्थी,अभिभावक,शिक्षक तथा शिक्षिकाहरुबाट बाल अधिकारको बारेमा,बालबालिकाको अनुशासन,शिक्षा क्षेत्रमा राज्यको निति,अभिभावकको कर्तव्य लगायतका विषयहरुलाई समेटेर महेन्द्र बोडिङ स्कलका सहप्राध्यापक रमेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेकोले उक्त सन्धिको आधारमा बालदिवस मनाउदै आएको छ।

यस विद्यालयले पनि आफ्नो स्थापनकाल देखि हरेक वर्ष बालबालिकाको अधिकारका लागि विशेष गरी यो दिवसको आयोजना गरेको विद्यालय सञ्चालक तथा प्रधानध्यापक निश्चल शाक्यले जानकारी दिए।

आगामी दिनमा अझै भव्य र रचनात्मक क्रियाकलाप गर्दै मनाउने तथा विद्यार्थीको चौतर्फी क्षेत्रमा विकास गर्न विद्यालयले कन्जुस्याइँ नगर्ने शाक्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]