प्रचण्डको कृषि एक्स्पो अवलोकन, निजी क्षेत्रको भूमिकालाई उच्च मूल्यांकन

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २९, २०८१

विराटनगर /नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिकामा आयोजना गरेको ४ दिने कृषि एक्स्पोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्स्पोको अवलोकन गरेका छन्।

शनिबार पानी परिरहेको अवस्थामा छाता ओढेर स्टलहरूको अवलोकन गरेका प्रचण्डले निजी क्षेत्रले सरकारले गर्नुपर्ने महत्त्वपूर्ण काम गर्दै आएकोमा उद्योगी राजेन्द्र राउतलाई खुलेर प्रशंसा गरे। “तपाईंले आयोजना गरेको कृषि एक्स्पो २०८१ र रोजगार मेला जनतालाई प्रत्यक्ष लाभ पुर्याउने कार्य हुन्,” उनले भने। साथै, प्रचण्डले निजी क्षेत्रको योगदानले देशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए।

कृषि एक्स्पोमा नेपाल र भारतका १ सय ३० भन्दा बढी स्टलहरू राखिएका छन्, जसमा कृषि प्रविधि र उत्पादनहरू प्रदर्शित गरिएका छन्। यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि यस एक्स्पोको अवलोकन गरिसकेका छन्।

कृषि एक्स्पो ३० गतेसम्म सञ्चालन हुनेछ, जसमा कृषक, उद्योगी, व्यापारी र सर्वसाधारणहरूको सहभागिता उल्लेखनीय रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]