स्वास्थ्य सेवामा सुधारका लागि विराटनगर महानगरपालिकाको दुई-दिने प्रगति समीक्षा कार्यक्रम सम्पन्न 

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २९, २०८१

विराटनगर/ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको यस कार्यक्रममा महानगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति, आन्तरिक गतिविधि र विभिन्न स्वास्थ्य सेवाहरूको विस्तृत समीक्षा गरिएको थियो।

पहिलो दिन महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिमा केन्द्रित रहेर छलफल भएको थियो भने दोस्रो दिन कोशी अस्पतालसहित अन्य सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो।

यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक समिति संयोजक काजी बहादुर बस्नेत, स्वास्थ्य महाशाखा संयोजक दिलिप कुमार यादव, तथ्याङ्क अधिकृत दिपक भट्टराई, प्रदेश स्वास्थ्य मन्त्रालयका विभागीय प्रमुख, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, र खोप अधिकृत खेहरु यादवसहित विभिन्न स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा विगत वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिहरूको मूल्यांकन गर्दै, आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिएको जानकारी दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]