बैंकबाट ऋण नलिएपनि बैंकमा तपाईँको ऋण हुनसक्छ

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, भाद्र ३०, २०८१

विराटनगर / बैंकको कारोबार गर्दै हुनु्हुन्छ सोचेर गर्नुस् किनभने बैंकका कर्मचारिले पनि तपाईँको बैंकमा गरिएको कागज बिक्रीवितरण गर्न सक्छ । बैंकबाट ऋण नलिएपनि बैंकमा तपाईँको ऋण हुनसक्छ ।

हो यस्तै भएको छ, कोशी प्रदेशको राजधानी विराटनगरको लक्ष्मी सनराइज बैंकले ग्राहकको सम्पत्ति विवरण तथा कागजातहरु बिक्री गरेको रहस्य आज नेपाल पत्रकार महासंघ मोरङ शाखामा पिडित पक्ष्यले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । बिरगंजको लक्ष्मी सनराइज बैंकबाट ऋण लिइसकेका र फेरी, पुन्न पनि १० करोड रुपैयाँ ऋण लिने स्वीकृति गराउने तयारीमा रहेका रामेश्वर सेढाई क्षेत्री सँग लक्ष्मी सनराइज बैंक विराटनगरले बैंकमा खाता रहेका ग्राहकको सम्पत्ति विवरणको कागजात बिक्री गरेको रहस्य पिडितले पत्रकार सम्मेलन मार्फत बाहिरिएको छ ।

मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर — ३ का प्रताप कुमार थापा र प्रभास थापा बुवा छोराले आज करिब ११ बजे विराटनगरमा पत्रकार सम्मेलन गरेर लक्ष्मी सनराइज बैंक विराटनगर माथि यस्तो आरोप लगाएको हो ।

साथै विराटनगरका शाखा कार्यालयका प्रम्ुख सुदिप रायमाझीले हाम्रो बैंकबाट गल्ति भएको उहाँले स्वीकारेका छन् ।

सूचना केन्द्र कमलादी काठमाडौंले केही दिन अगाडि सार्वजनिक गरेको सी आइ सी तथ्याङ्क अनुसार रामेश्वर सेढाई क्षेत्रीले लक्ष्मी सनराइज बैंक बिरगंज बाट २०७७ जेठ १४ मा ४८ हजार ८ सय ६७ र २०७७ जेठ १७ मा २६ लाख ७६ हजार ९ सय ६२ रुपैयाँ ऋण लिएको देखिन्छ । सो कर्जामा प्रभाष थापालाई थाहै नदिई बैंक ग्यारेन्टी राखेका छन् ।

२०८१ श्रावन २१ मा सेढाईले टर्मलोन बाप्त १० करोड रुपैयाँ निकाल्न खोजेका छन् । जुन कर्जामा प्रभाष थापालाई नै बैंक ग्यारेन्टी राखेका छन् । लक्ष्मी सनराइज बैंक विराटनगरमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर – ३ का प्रतापकुमार थापाको मात्र बैंक खाता रहेको छ । थापाले सन् २०१५ मा गाडी किन्न ऋण लिएका थिए ।

प्रभाष थापाले बैंकबाट लिएको ऋण चुक्ता गरिसकेका छन् । र बैंकमा राखेको धरौटी, कागजात फिर्ता भइसकेका छन् । यस्तो अवस्थामा लक्ष्मी सनराइज बैंक विराटनगरका कर्मचारीले रामेश्वर सेढाई क्षेत्री सँग मोटो रकम लिएर प्रभाष थापाको सम्पत्ति विवरणको कागजात बिक्री गरेको स्वयम् प्रभाष थापाले बैंक माथि आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]