कोशी प्रदेशमा १ हजारभन्दा बढी डेङ्गु संक्रमित, देशभर ९ हजार ४ सय ८६ पुगे

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर/कोशी प्रदेशमा डेङ्गु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का अनुसार, कोशी प्रदेशमा १ हजार २७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

देशभरमा हालसम्म ९ हजार ४ सय ८६ जनामा डेङ्गु देखिएको छ। संक्रमितहरूको संख्या अनुसार, गण्डकी प्रदेश सबैभन्दा प्रभावित क्षेत्र बनेको छ, जहाँ ४ हजार ५ सय ३९ जना संक्रमित छन्। त्यस्तै, बागमती प्रदेशमा २ हजार ४ सय ५३ जना, मधेस प्रदेशमा १८० जना, लुम्बिनीमा ६ सय ४४ जना, कर्णालीमा १ सय ३९ जना र सुदूरपश्चिममा ५ सय ४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

हालसम्म देशभर डेङ्गुका कारण ६ जनाको मृत्यु भइसकेको छ। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट बच्नका लागि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

सरुवा रोग भएकाले डेङ्गुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र समयमै चिकित्सकको सल्लाह लिन महाशाखाले अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]