विराटनगरमा कार भैंसीसँग ठोक्किँदा चार जना घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

विराटनगर/ विराटनगर-१४ मलाया रोडमा आज भैंसीसँग कार ठोक्किँदा कार अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना बा १९ च २६१८ नम्बरको कार सडकमा अचानक आएको भैंसीसँग ठोक्किएपछि भएको हो। ठक्करपछि कार करीब १०० मिटर पर पल्टिएको थियो।

दुर्घटनामा कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते भएका छन् भने भैंसी घटनास्थलमै मरेको छ। उक्त दुर्घटनापछि कारले अनियन्त्रित भएर को. १५ प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार विराटनगर-१८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव पनि सामान्य घाइते भएका छन्।

हाल घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]