दशैँको टीकाको साइत असोज २६ गते ११:३६ बजे तोकियो

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

विराटनगर /नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यसपालिको टीकाको उत्तम साइत असोज २६ गते विहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

यसअघि असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे तोकिएको छ। घटस्थापनाका दिन घर–घरमा जमरा राखी बडादशैँको प्रारम्भ गरिन्छ।

असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्राको साइत विहान ७:११ बजे र स्थिरासनको साइत ८:४३ बजे तोकिएको छ।

समितिका अनुसार असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस दिन देवी दुर्गाको पूजा, बलि, हवन तथा दुर्गा सप्तशती पाठ गरिन्छ।

असोज २६ गतेको मुख्य दिन अर्थात् टीकाको साइत विहान ११:३६ बजे उत्तम रहेको समितिले जनाएको छ। यस दिन ठूलो जमरा, फूल, अक्षता र नवदुर्गाको प्रसाद लगाएर मान्यजनहरूको हातबाट टीका र जमरा लगाउने परम्परा छ।

समितिले सबैलाई दशैँको टीका साइतको सम्मान गर्दै आ–आफ्नो परम्पराअनुसार टीका लगाउन आह्वान गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]