

मोरङ/ मानव अधिकार तथा शान्ति समाज, मोरङले ४३ औं अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। २१ सेप्टेम्बर अर्थात असोज ५ गतेको दिन, शान्ति समाजले जिल्लाका विभिन्न स्थानमा शान्ति प्रदर्शन र दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रम अन्तर्गत विराटनगरको बुध हाटस्थित पंचमुखी हनुमान मन्दिर चोकमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा शान्ति समाजका पदाधिकारी, सदस्य तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा सहभागीहरूले शान्ति र सद्भावना कायम राख्न आवश्यक रहेको सन्देश दिएका थिए। अाज अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा देशमा शान्ती कायम गरि राख्नका लागी दीप प्रज्ज्वलन गरिएको संस्थाका वर्तमान सदस्य महेश कुमार स्वर्णकारले जानकारी दिए।
दीप प्रज्वलन तथा शान्ति र्यालीमार्फत शान्तिको महत्व र समाजमा देखिएको हिंसा र असहिष्णुतालाई समाप्त गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमको अन्त्यमा शान्ति समाजका पदाधिकारीहरूले सबैलाई शान्ति र सद्भाव कायम राख्न आह्वान गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।