पाडा तस्करीमा नेता जालिम मियाँका छोरालाई छुट, तस्करीले स्थानीय कृषक आजित

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

पर्सा/ पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा पाडा (राँगा) तस्करीले स्थानीय कृषकलाई समस्यामा पारेको छ। भारतबाट हुने पाडा तस्करीका कारण कृषकका धानबाली नष्ट भइरहेका छन्। प्रत्येक आइतबार र बिहीबार लाग्ने पाडा बजारका लागि तस्करी गरिएको पाडा स्थानीयले लगाएको धानबाली कुल्चेर बजारसम्म पुर्‍याउने गरिन्छ।

पाडा तस्करीको कारण धानबाली नष्ट हुँदा कृषकहरु आजित बनेका छन्। स्थानीय कृषक रूपेश यादव भन्छन्, “कतिपटक प्रहरीलाई खबर गर्‍यौं, तर तस्करहरूले प्रहरीसँग मिलेमतो गरेकाले समस्या झन् बढेको छ।” उनका अनुसार प्रहरीलाई खबर गर्दा तस्करहरूलाई सूचना पुगेर पाडा अन्यत्रै लैजाने गरेका छन्।

तस्करीको आरोप नेकपा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जफिर मियाँ र उनका साथी मन्सफ मियाँमाथि लागेको छ। उनीहरूले पाडेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रमोद प्रसाद साह र जानकीटोला प्रहरी चौकीका सई भरत सिलवालको मिलेमतोमा पाडा तस्करी गरिरहेको स्थानीयहरूको भनाइ छ।

स्थानीय गोपीचन्द पटेलका अनुसार, तस्करहरूले पाण्डेपुर, गढैया, र बिजवनिया हुँदै रातको समयमा पाडा तस्करी गर्ने गरेका छन्। उनले भने, “हप्तामा ८ वटा ट्रकमा झण्डै २४० पाडा तस्करी हुँदै आइतबार र बिहीबारका लागि बजार पुर्‍याइन्छ। नेपाल भेटनरी काउन्सिलमा दर्ता भएका प्राइभेट पशु चिकित्सकहरूले हातोहात पैसा लिएर स्वास्थ्य प्रमाणपत्र जारी गर्ने र प्रहरीले तस्करी गर्न छुट दिएकोले पाडा तस्करी हप्तैपिच्छे बढेको छ।”

यसरी तस्करी गरिएका पाडा कृषकहरूको बालीमा क्षति पुर्‍याउँदै लगिने गरेको हुँदा कृषकहरू समस्यामा परेका छन्। प्रहरीसँग मिलेमतो भएका कारण तस्करीको समस्या समाधान गर्न नसकेको र यसले गर्दा स्थानीय कृषकलाई ठूलो नोक्सानी भएको छ।

स्थानीयहरूले पाडा तस्करीको विरोध गर्दै प्रहरीको भूमिका पुनः छानबिन गर्न मागगरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]