

विराटनगर /राजारामबापु प्रविधि संस्थानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपाली विद्यार्थीहरुलाई सम्मान गरेको छ । एक कार्यक्रम आयोजना गरि संस्थानले वर्ष २०२२–२३ ब्याचका स्नातक नेपाली विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
भारतको महाराष्ट्रमा रहेको प्रतिष्ठित आरआईटी (राजारामबापु प्राविधिक संस्थान) मा अध्ययन सकेका ७ जना विद्यार्थीहरूलाई विराटनगरको बिग होटलमा आयोजना गरिएको कार्यक्रम मार्फत प्रमाण पत्र वितरण गरेको छ ।
कार्यक्रममा सारिका दुष्यन्त पाटिल (रजिष्ट्रार), रवि प्रताप सिंह (सहायक प्रबन्धक (अन्तर्राष्ट्रिय मामिला) र अमेय प्रदीप गौरवादकर (त्एइ) थिए। उनीहरूले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको आगामी भविष्यका लागि शुभकामना दिए ।
सारिका दुष्यन्त पाटिलले विद्यार्थीहरूलाई आफ्नो करियरमा परिश्रम र जिम्मेवारीको महत्त्वमा जोड दिँदै, सफलताको मार्गमा दृढता आवश्यक रहेको बताइन् । रवि प्रताप सिंहले अन्तर्राष्ट्रिय अवसरहरूको महत्व उजागर गर्दै, विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्नका लागि तयारी आवश्यक रहेको बताए ।
अमेय प्रदीप गौरवादकरले विद्यार्थीहरूलाई करियर निर्माणका लागि संस्थानले प्रदान गरेका स्रोत र सहयोगका बारेमा जानकारी दिए । यस संस्थानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले विराटनगरको महेन्द्र चोकमा रहेको नेपाल स्टडी सेन्टरसँग सम्पर्क गर्न सक्ने आरआईटीका नेपाल प्रमुख विक्रम क्षत्रीले बताए । समारोहको मुख्य उद्देश्य भनेको स्नातकहरूलाई रोजगारी बजारमा प्रवेश गर्न र उनीहरूको करियरलाई सबल बनाउन सघाउनु रहेको आयोजकले बताएको छ ।