सुनसरीको कोशी गाउँपालिकामा होटलको स्टोरमा आगलागी, चार लाख ५० हजार बढीको क्षति

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका-३ पश्चिम कुशाहास्थित कोशीटप्पु होटलको स्टोरमा आगलागी हुँदा चार लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ। आइतबार बिहान भएको आगलागीमा होटलको सम्पूर्ण स्टोर जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय लौकहीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो। आगलागीका कारण स्टोरमा रहेको कपडा, खाद्यान्न र अन्य भौतिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएको छ। क्षतिको कुल अनुमानित मूल्य करिब चार लाख ५० हजार रुपैयाँ रहेको छ।

आगलागीपछि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। श्रीपुर सशस्त्र बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक सुदर्शन खातिवडाका अनुसार आगलागी नियन्त्रणमा लिन कोशी र इनरुवा क्षेत्रका दमकलहरूले ठूलो भूमिका खेलेका थिए।

यस घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने होटल सञ्चालकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ। आगलागीको यथार्थ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]