सांसद डा. सुनिल शर्माको माग: दुर्गा प्रसाईलाई तत्काल रिहा गर्नुपर्ने

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

विराटनगर /मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गरेका छन्। प्रसाईको पक्राउको विरोध गर्दै सांसद शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले प्रसाईलाई बौलेकै आधारमा पक्राउ गर्नु राज्य आतङ्कको संकेत भएको आरोप लगाएका छन्। शर्माले प्रसाईले आफ्नो बोली र आचरण सुधार्नुपर्ने आवश्यकता पनि औंल्याए। “दुर्गा प्रसाईलाई तत्काल रिहा गर्नुपर्छ, तर उनले पनि आफ्नो बोली र व्यवहारमा सुधार ल्याउन आवश्यक छ,” शर्माले भने।

उनले सरकार जनतालाई सेवा र सुविधा प्रदान गर्न, समयानुकूल जनताको पक्षमा काम गर्नुपर्ने जिम्मेवारी बिर्सेको आरोप लगाए। “सरकारले आफ्नो गलत कामको विरोध गर्ने र जनताको पक्षमा बोल्ने अभियन्ताहरूलाई दमन गर्न खोजिरहेको छ। दुर्गा प्रसाईको गिरफ्तारी पनि त्यही नियतले भएको छ,” शर्माले टिप्पणी गरे।

सांसद शर्माले राज्यलाई जिम्मेवारीपूर्वक काम गर्न र जनताका आवाजलाई दबाउन नखोज्न आग्रह गरेका छन्। प्रसाईको रिहाइको माग गर्दै उनले न्यायिक प्रक्रियाको पालना गर्न सरकारलाई चेतावनी पनि दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]