विराटनगरमा व्यवस्थित ट्राफिक व्यवस्थापनको काम सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर/विराटनगरमा व्यवस्थित ट्राफिक व्यवस्थापनको काम सुरुजिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरलाई व्यवस्थित सहरको रूपमा परिचित गराउने उद्देश्यले ट्राफिक व्यवस्थापनको काम सुरु गरेको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले भाद्र २६ गतेदेखि ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेपछि अस्तव्यस्त अवस्थामा रहेको विराटनगरको सडक व्यवस्थापनको पहल गरेका हुन्।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरी निरीक्षक लम्सालले नेपालीहरूको महान् पर्व विजया दशमी र दीपावलीलाई लक्षित गर्दै विराटनगरको सडकलाई व्यवस्थित बनाउने उद्देश्यले काम थालिएको जानकारी दिए। लम्सालले कार्यभार सम्हालेको एक साता भित्रै मोरङ ट्राफिक प्रहरी कार्यालयले मुनालपथस्थित भाडाको घरमा आफ्नो कार्यालय सारेको छ।

लम्सालले सिटी सफारीको अव्यवस्थित सञ्चालनलाई प्रमुख समस्याका रूपमा औंल्याए। उनका अनुसार, अधिकांश सिटी सफारी चालकले दर्ता नगर्ने र नविकरण नगर्ने, साथै लाइसेन्सको संख्या पनि न्यून भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ। सिटी सफारीले नियमविपरीत मुख्य सडकको बीचमै रोकेर यात्रु उठाउने, पार्किङ नगर्ने, र जथाभावी बाटो काट्ने जस्ता क्रियाकलापले दुर्घटनाको सम्भावना बढाएको उनले बताए।

सिटी सफारीको संख्याको विवरण संकलन भइरहेको र स्थानीय सरकार विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै सिटी सफारीलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए। यस पहलले विराटनगरको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]