मधेश आन्दोलनका सहिद शिबु माझीकी छोरी वर्षाले पाईन नागरिकता

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, आश्विन ०७, २०८१

सुनबर्षी/मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ माझी टोल निवासी मधेश आन्दोलनका सहिद शिबु माझीकी १७ वर्षीया छोरी वर्षा कुमारी माझीले लामो प्रतीक्षा पछि अन्ततः नेपाली नागरिकता प्राप्त गरेकी छिन्। बाबुको बलिदान र संघर्षको कथा बोकेर आएकी शिवुको परिवार, वर्षौंसम्म प्रशासनको ढोका ढकढक्याउँदा पनि नागरिकता प्राप्त गर्न असफल भईन्।

सहिद शिबु माझीको छोरीको जन्मदर्ता, शिबु माझीको सहिद प्रमाणपत्र र मृत्यु दर्ता सबै भएपनि प्रशासनले नागरिकता नदिएको वर्षाकी आमाले बताइन्। सामाजिक सञ्जालमा समाचार प्रसारण भएपछि मात्र प्रशासनले वर्षालाई नागरिकता प्रदान गरेको हो।

नागरिकता पाएपछि खुसी प्रकट गर्दै वर्षाले बाबाको सपना पूरा गर्ने दृढ संकल्प लिएकी छिन्। उनी हाल कक्षा ७ मा अध्ययनरत छिन् र आगामी दिनमा थप शिक्षा हासिल गरी ठुलो मान्छे बन्ने उनले बताइन्। नागरिकता प्राप्त भएपछिको खुसीसँगै उनले मधेश आन्दोलनका क्रममा गुमाएका बाबुको सम्झनाले उनलाई पिडा दिने बताइन्।

वर्षाकी आमाले पनि नागरिकता पाएकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनमा छोरीको उच्च शिक्षाका लागि सबै किसिमले सहयोग गर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]