“विराटनगरमा ७औँ जितिया महोत्सव सम्पन्न: महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणको प्रतिबद्धता”

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर/महिला जागरण समूह जामुनगाछी विराटनगरले आज ७औँ जितिया महोत्सव मनाएको छ । विराटनगर–५ मा आयोजित यस महोत्सवमा नेपाली समाजमा संस्कार, परम्परा र महिलाहरूको योगदानको महत्त्वलाई उजागर गरिएको थियो ।

कार्यक्रममा आभा फाउन्डेसनकी अध्यक्ष आभा अनुपामाले महिलाहरूको सशक्तीकरणको अभियानमा महिला जागरण समूहले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई सराहनीय बताउनुभयो । साथै, अपन परोपकार विराटगढ समाजका अध्यक्ष वसुन्धरा झा र समाजसेवी विजय यादवले पनि जितिया पर्वको शुभकामना दिँदै यसको महत्त्वमाथि जोड दिएका थिए ।

कार्यक्रम संयोजक सन्जु यादव, सपना यादव, सिया यादव र सुमन मण्डलले जितिया पर्वको महत्त्व र धर्म, सांस्कृतिक संरक्षणका लागि सरकारलाई आग्रह गरेका छन् ।

यस वर्षको जितिया महोत्सवमा समाजमा विशेष योगदान पु¥याएका एक दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । महिला जागरण समूह विराटनगरले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]