विराटनगरको एक शोरुममा भीषण आगलागि, अन्य पसलहरू जोखिममा

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०९, २०८१

विराटनगर/विराटनगर वडा नं. २ मुनालपथमा रहेको भव्य इन्टरनेशनलद्वारा सञ्चालित विद्युतीय साईकलको शोरुममा आज दिउँसो भीषण आगलागि भएको छ। दमकल समयमा नआएका कारण आगो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले आगलागि थप फैलिने सम्भावना बढाएको छ।

आगलागि भएको शोरुम नजिकै अन्य पसलहरू रहेको हुँदा आगो छिट्टै नियन्त्रणमा नलिए ठूलो क्षति हुने चिन्ता बढेको छ। छेउमा रहेका अन्य शोरुमहरू समेत जोखिममा रहेकोले व्यापारी तथा स्थानीयवासीहरू त्रासमा छन्।

हालसम्म क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। आगलागिको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन। दमकल र उद्धार टोली घटनास्थलमा छिट्टै पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]