घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर /घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक यातायातका साधनहरूका लागि रुट परमिट खुला हुने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनहरूलाई दशैंको मुख्य चाडपर्वको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशभर आवतजावत गर्न सहज बनाउने उद्देश्यले रुट परमिट खुला गरिने छ। यसले लामो दुरीका यात्रुहरूलाई चाडपर्वको समयमा यात्रा गर्न सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, केही मार्गहरूको विशेष अवस्थाका कारण आकार र प्रकारका आधारमा चल्न निषेध गरिएका सवारी साधनहरूमा भने प्रतिबन्ध यथावत् रहने विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]