पाँचथरको मिक्लाजुङमा लगातार वर्षाका कारण पहिरो, विद्यालयमा बिदा घोषणा

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

पाँचथर/ लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जान थालेपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले शुक्रबार असोज ११ गते पालिका भरिका सबै विद्यालयहरूमा बिदा दिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै पहिरो र खोला, खोल्सामा बाढीको जोखिम बढेकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

पालिकाले बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ। हालसम्म वर्षाका कारण केही स्थानमा सानोतिनो पहिरो गएको र खोलाहरूमा पानीको सतह बढेको बताइएको छ।

गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदाको साथै अन्य आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]