झापाका नदीहरुको जलसतह खतराको तह पार

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

विराटनगर/भारी वर्षाका कारण झापाका नदीहरुमा जलसतहले खतराको तह पार गरेको छ। आज बिहान ११ बजे गरिएको मापन अनुसार कन्काई नदीमा जलसतह ३.८ मिलिमिटर पुगेको छ भने निन्दा नदीमा १२२.२८ मिलिमिटर पुगेको छ, जुन खतराको तह पार गरेको मानिन्छ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार, पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा उल्लेखनीय वर्षा भएको छ। केचनामा २०५.८ मिलिमिटर, गौरादहमा १९३.४ मिलिमिटर, चन्द्रगढी एयरपोर्टमा १९३.४ मिलिमिटर, अनारमनी बिर्तामोडमा १८७.६ मिलिमिटर, कन्काई मैनाचुलीमा २१३ मिलिमिटर, शनिश्चरेमा १२२ मिलिमिटर, सिस्नेमा १३० मिलिमिटर, बाहुण्डाँगीमा १४५ मिलिमिटर, र कन्याममा १०२ मिलिमिटर वर्षा भएको छ।

यसले गर्दा झापा जिल्लाका विभिन्न स्थानहरुमा बाढी र डुबानको सम्भावना बढेको छ, जसले गर्दा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]