बराहक्षेत्रमा उद्धार कार्य जारी

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर/सुनसरीको बराहक्षेत्र–६ र ९ का विभिन्न भागमा ३४ जना मानिस बाढीले फसेका छन्। बराहक्षेत्र–६ ठाकुरीबारीस्थित कोशिको टापुमा भैंसी पालन गर्दै आएका २२ जना र बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका हुन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटिए पनि उद्धार कार्य अहिलेसम्म सफल हुन सकेको छैन। उद्धारका प्रयास निरन्तर जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउँदै थप उद्धार र राहतको योजना अघि बढाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]