कोशी ब्यारेजमा उच्च बहावसँगै फोहोर सफाइ कार्य सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर/सप्तकोशी नदीमा आएको उच्च बहावका कारण कोशी ब्यारेजमा थुप्रिएको फोहोर सफा गर्न सुरु गरिएको छ। नदीमा पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेपछि ब्यारेजमाथिबाट बाढी बग्न सुरु भएको थियो। पानीसँगै आएको काठदाउरा, प्लास्टिकका बोतल तथा अन्य फोहोर सफा गर्न ब्यारेज प्रशासन र प्रहरी सक्रिय भएका छन्।

आइतबार बिहान कोशी ब्यारेजमा ६ लाख ६१ हजार ०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो, जुन हाल घटेर ६ लाख २८ हजार क्युसेकभन्दा तल झरेको छ। यद्यपि, बहाव घटेपछि पनि सावधानी अपनाउँदै अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्यलाई ब्यारेज पार गर्न रोक लगाइएको छ।

उच्च बहावका कारण ब्यारेजको पुलमाथिबाटै पानी बग्दा जमेको फोहोर सफा गर्न स्थानीय प्रशासनले विशेष टोली खटाएको छ। नदीमा पानीको सतह घटेपनि आगामी दिनहरूमा थप सतर्कता अपनाइने जनाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]