दशैंका लागि सफा तथा सुकिला नोट सटही आजदेखि सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर /यस वर्षको दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज २२ गतेसम्म बैंकका विभिन्न शाखा कार्यालयबाट सफा र सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग तथा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका प्रदेश कार्यालयहरूबाट सुकिला नोट सटहीको सुविधा उपलब्ध गराइनेछ। साथै, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि सुकिला नोट साट्न सकिनेछ।

यस पटक दशैंका लागि ५, १०, २०, ५०, र १०० दरका नोटको एक सेट अनुसार अधिकतम १८,५०० रुपैयाँसम्म साट्न पाइने व्यवस्था गरिएको छ। हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले यस पटक भने एक पटक प्रयोगमा आइसकेका सफा नोट साट्न सकिने जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार हरेक वर्ष नयाँ नोट बजारमा पठाउँदा व्यवस्थापनमा देखिएको चुनौतीका कारण यस पटक नयाँ नोट उपलब्ध नगराउने निर्णय गरिएको हो।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]