“विराटनगरमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न”

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर/सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोरङको विराटनगर महानगरपालिका वडा नं. १८ स्थित खोक्सा चोकमा इलाका प्रहरी कार्यालय रानी मोरङ र अस्थायी प्रहरी पोष्ट भेडियारी मोरङको संयुक्त आयोजनामा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य इलाका प्रहरी कार्यालय भेडियारीका प्रहरी सहायक निरीक्षक पुण्य प्रसाद धमलाले गरेका थिए। कार्यक्रममा स्थानीय युवाहरू, भद्रभलादमी, बुद्धिजीवी, महिला लगायत ४५ जनाको उपस्थिति रहेको थियो। आत्महत्या जस्तो गम्भीर सामाजिक समस्यालाई रोकथाम गर्न सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम बिहान ८:२० बजे सुरु भई ९:४० बजे सम्पन्न भएको थियो।

सचेतनामूलक कार्यक्रममा आत्महत्याको कारण, त्यसबाट बच्ने उपायहरू, र समुदायको भूमिकाका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले पनि यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]