तमोर नदीले बगाएर ल्यायो दुइ वटा शव

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर/ धनकुटामा तमोर नदीले बगाएर ल्याएको दुई महिलाका शव फेला परेका छन्। यी शवहरू आइतबार बिहान धनकुटा नगरपालिका–९ र साँगुरीगढी गाउँपालिका–७ को सीमास्थित लेउती खोला र तमोर नदीको दोभानमा भेटिएका हुन्।

धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार, एक शव बालुवाले पुरिएको अवस्थामा भेटिएको छ। शवको पहिचान र त्यो कहाँबाट बगेर आएको हो भन्नेबारे अनुसन्धान चलिरहेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।

त्यस्तै, चौबीसे गाउँपालिका–४ को फलामेटारपारि तमोर नदीको किनारमा अर्को शव फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई सूचित गरेका थिए। घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको छ र थप जानकारी सङ्कलन गर्न काम भइरहेको एसपी चौधरीले जानकारी दिएका छन्।

यस घटनामा थप अनुसन्धान जारी रहेको र स्थानीय प्रहरीले आवश्यक खोजी गरिरहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]