सुनसरी: सप्तकोशी नदीमा बाढीको बहाव घट्दा यातायात सुचारु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

बिराटनगर /आइतबार सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा आएको बाढीको बहाव घट्न थालेपछि आइतबारदेखि यातायात पुनः सुचारु भएको छ। बिहानैदेखि कोशी ब्यारेजको पुलमाथि बगिरहेको भेल रोकिएपछि यातायात सञ्चालनमा आएको हो।

पुलमाथि बाढीको पानी घटे पनि पुलमा थेग्रिएको फोहोर र लेदो पन्छाउने काम भइरहेको छ। यसले गर्दा यातायात केहीबेर प्रभावित भए पनि, हाल यात्रा सहज भइरहेको छ।

सप्तकोशी नदीमा इतिहासमै दोस्रो पटक अत्यधिक जलप्रवाह हुँदा ६ लाख ६० हजार क्युसेक पानी बगेको थियो। यसले गर्दा नदी किनारका बस्तीहरूमा सतर्कता अपनाइएको थियो भने कोशी ब्यारेज पुलमा आवागमन रोक्नु परेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]