उद्धार,राहत र पुनर्निर्माणको काम तत्काल गर्न तीनै तहका सरकारलाई एमाले कोशीको ध्यानाकर्षण

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर । नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ ।

असोज ११ र १२ गतेको बर्षाका कारण देशको मुख्य राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घरपरिवारहरूको पुनस्र्थापना तत्काल गर्न तीनै तहका सरकारको एमाले कोशीले ध्यानाकर्षण गराएको छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनस्याम खतिवडाले आज प्रेस विज्ञप्ति जारी गर्दै राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र आमनागरिकलाई हार्दिक अपिल गर्नुभएको छ ।

नेकपा एमाले पार्टीमा आवद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न र आपतकालीन सेवाहरूमा सहभागी हुन समेत अध्यक्ष खतिवडाले विशेष निर्देशन दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ विपत्तिमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं, साथै विपत्तिमा ज्यान गुमाउने मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]