मोरङमा खोलाले बगाएर र पैनीमा डुबेर तीनजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर/ मोरङ जिल्लाका विभिन्न स्थानमा सोमबार तीनजन व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार उनीहरू खोलाले बगाएर र पैनीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार विराटनगरको सिंघिया खोलामा एक अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ। ती महिलाको पहिचान अहिलेसम्म खुलेको छैन। उनलाई खोलाले बगाएर ल्याएको अवस्थामा शव भेटिएको बताइएको छ।

यस्तै, कानेपोखरी गाउँपालिका–४, खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईको शव फेला परेको छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइरहेको छ।

यसैगरी, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत आइतबार साँझदेखि सम्पर्कविहीन भएका थिए। उनी माछा मार्न भनेर घरबाट निस्केका थिए, तर सोमबार घरनजिकैको पैनीमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]