सरकारद्वारा पेट्रोलियम पदार्थको भाउ घटाइयो

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

सरकारद्वारा पेट्रोलियम पदार्थको भाउ घटाइयो

विराटनगर/नेपाल आयल निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ घटाएको छ। भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ घटाएको हो।

नयाँ मूल्य देशभरका विभिन्न क्षेत्रमा लागू हुनेछ, जसमा नेपाल आयल निगमले देशलाई तीन वर्गमा विभाजन गरेको छ।

विभाजनअनुसार नयाँ भाउ यसप्रकार रहेका छन्:

पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी)

पेट्रोल: १५५ रुपैयाँ ५० पैसा प्रतिलिटर

डिजेल/मट्टीतेल: १४४ रुपैयाँ ५० पैसा प्रतिलिटर

दोस्रो वर्ग (सुर्खेत, दाङ)

पेट्रोल: १५७ रुपैयाँ प्रतिलिटर

डिजेल/मट्टीतेल: १४६ रुपैयाँ प्रतिलिटर

तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)

पेट्रोल: १५८ रुपैयाँ प्रतिलिटर

डिजेल/मट्टीतेल: १४७ रुपैयाँ प्रतिलिटर

त्यस्तै, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति किलोलिटर ४५ अमेरिकी डलर घटाइएको छ।

नेपाल आयल निगमले कच्चा तेलको सिधा आयात नगरी भारतीय आयल कर्पोरेसन (आइओसी) मार्फत पेट्रोलियम पदार्थ खरिद गर्ने गर्छ। आइओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दामका आधारमा मूल्य निर्धारण गरेर नेपालका लागि बिक्री मूल्य तय गर्छ। त्यसपछि, आयल निगमले भन्सार, प्रशासनिक खर्च, ढुवानी लागत, र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य निर्धारण गर्दछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]