केशलियाको कटान रोक्न महानगरको सक्रियता ,अस्थायी तटबन्धन निर्माण गर्न थालियो 

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

विराटनगर /केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।

महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिंचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ । केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि सो स्थानमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]