

विराटनगर/चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न कोशी प्रदेश प्रहरीले १४ वटै जिल्लाका प्रमुख बसपार्कहरू तथा यात्रुको चाप बढी हुने स्थानहरूमा सहयाताकक्ष स्थापना गरेको हो।
विराटनगर बसपार्कमा भएको सहयाताकक्षको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक चन्द्र कुबेर खापुङको उपस्थिति रहेको थियो। उनले चाडपर्वको समयमा यात्रुको आवतजावत उच्च हुने भएकाले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन थप प्रहरी परिचालन गरिएको जानकारी दिए।
यात्रु सहायता कक्षहरूबाट यात्रुले कुनै पनि असहज वा असुरक्षित परिस्थिति महसुस गरेमा सहायताको लागि प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिनेछ।
प्रत्येक वर्षझैं यसपटक पनि यात्रुको सुरक्षा र सुविधा ध्यानमा राख्दै सहायता कक्षहरू सञ्चालनमा ल्याइएको छ।