मकालु टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राईको बढुवा

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

विराटनगर /मकालु टेलिभिजनमा कार्यरत सञ्चारकर्मी अभयकुमार राईको समाचार संयोजकमा बढुवा भएको छ। कार्यक्रम संयोजकको रूपमा काम गर्दै आएका राईलाई मकालु टेलिभिजन सञ्चालक समितिको बैठकले समाचार संयोजकमा बढुवा गर्ने निर्णय गरेको हो।

राई नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव समेत रहेका छन्। उनी एक दशकभन्दा लामो समयदेखि मकालु टेलिभिजनमा निरन्तर कार्यरत छन्। मकालु टेलिभिजनमा काम थाल्नुअघि, राईले देशका प्रमुख टेलिभिजन संस्थाहरूमा पनि महत्वपूर्ण भूमिका निभाइसकेका छन्।

राईको बढुवासँगै मकालु टेलिभिजनमा समाचारको संयोजन र प्रसारणमा थप सुधारको अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]