सुनबर्षीमा मारुती दुर्घटना हुदा दुई जना घाईते।।

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन १६, २०८१

सुनबर्षी/सुनबर्सी नगरपालिका वडा नम्बर ५, झुङ्गी टोलमा एक गम्भीर सडक दुर्घटना भएको छ। मारुति गाडी अनियन्त्रित भई सडकखण्डबाट तल झर्दा यो दुर्घटना भएको हो। उक्त गाडीमा ३ जना सवार थिए। चालक भीमसेन शाहीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ भने बाँकी दुई जना, रतुवामाई वडा नम्बर ६ निवासी सुस्मिता पोखरेल र सुकृति पोखरेललाई प्रारम्भिक उपचारपछि रंगेली अस्पतालबाट विराटनगर रेफर गरिएको छ।

दुर्घटना भएको स्थानमा स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए, जसका कारण समयमै उद्दार कार्य सुरु भएको हो। घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]