मेयर कोइरालाद्वारा फुटसल प्रतियोगिताको उद्घाटन 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल हानेर उद्घाटन गर्नुभएको हो । जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउने सभापति पौडेलले बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने सभापति पौडेलको भनाइ थियो

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]