दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास  

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।

उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृद्धि हुने भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार ले नव निर्मित व्यापारिक भवनको शिल्यानास गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न यो व्यापारिक भवनले महत्वपुर्ण योग्दान पुयाउने वताउनुभयो ।

 

दुहवीका बासिन्दाहरुले परिवर्तन चाहेका हुन । बाटो ठुलो चाहिएको छ , नाला राम्रो बनाउनुपर्छ भन्ने गरेका छन । तर अगाडि नेतृत्वमा आउन सकेका छैनन भन्नुहुदैं दल भन्दा माथी उठेर दुहवीको समग्र विकासमा सवै ले सबै तर्फबाट एकजुट भएर लाग्ने वेला आएको बताउनुभयो । बन्न लागेको व्यापारिक भवन टि डि एफ परियोजनाले लगानि गरेको छ । उक्त परियोजना ल्याउनको लागी निकै सघर्ष गर्नुपरेको उहाँले सो अवसरमा बताउनुभयो । जुन स्थानमा भवन निमार्ण भैरहेको छ सो स्थानमा सुगुरहरुको विगविगी भएको स्मरण गर्दै आफुले काम गर्दा कहि गल्ती भएमा सजग गराउनको लागी सम्पुर्ण नगरवासीलाई आग्रह गर्नुभयो ।

व्यापारिक भवन दुहवी नगरपालिकाको सबै बासिन्दाको भएको र त्यसको अनुगमन गर्न अनुरोध गर्दै अनुगमन का लागी समिती नै गठन आवश्यक नरहेको बताउनुभयो । दुहवी नगरपालिकाको उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत भाषण गर्नुभएको थियो ।सो अवसरमा दुहवी नगरपालिका वार्ड ५ का वडा अध्यक्ष रमेश रौनियार , दलका प्रतिनिधि , हैदर अलि , विजय चौधरी लगायतले सो कार्यलाई सम्बोधन गर्नुभएको थियो

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]