विराटनगरमा नेपाल अग्रवाल महिला मञ्चद्वारा सार्वजनिक खानेपानी मेसिन जडान

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर/ नेपाल अग्रवाल महिला मञ्च विराटनगरको सहयोगमा राष्ट्रिय वाणिज्य बैंकको विराटनगर शाखा कार्यालय अगाडि सर्वसाधारणका लागि सार्वजनिक खानेपानी मेसिन जडान गरिएको छ। बाटो हिड्ने जनतालाई सहज तरिकाले शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको हो। यस परियोजनाका लागि २ लाख भन्दा बढी खर्च गरिएको मञ्चले जनाएको छ।

शुक्रबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका पूर्वमेयर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले गरे। यस अवसरमा नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, पूर्वअध्यक्ष देवकीनन्दन अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरकी अध्यक्ष उमा चौधरी, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल लगायतको उपस्थिति थियो।

नेपाल अग्रवाल महिला मञ्चकी अध्यक्ष उमा चौधरीले अध्यक्षको जिम्मेवारी सम्हालेपछि समाजसेवा तथा विकासका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आइरहेकी छन्। उनको नेतृत्वमा जडान गरिएको यो वाटर चिलिङ प्लान्ट सर्वसाधारणका लागि निकै लाभदायक हुनेछ। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशका उपप्रमुख कमला तिम्सिना, विराटनगर शाखाका प्रवन्धक हेमराज मराठा तथा समाजका अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

यस प्रकारका कामलाई अगाडि बढाउन उद्योगी तथा समाजसेवी, नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष देवकीनन्दन अग्रवालले निरन्तर मार्गदर्शन गरिरहेका छन्।

उद्घाटन समारोहमा अग्रवाल समाजका प्रमुख व्यक्तिहरुले यस कामलाई समाजसेवाको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]