कोशी काङ्ग्रेसद्वारा बाढीपहिरो पीडितका लागि तत्काल राहतको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २०, २०८१

विराटनगर/ हालैको बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै नेपाली कांग्रेस कोशी प्रदेशले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।

काङ्ग्रेसको तर्फबाट सभापति एवं संसदीय दलका नेता उद्धव थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा मात्र २० जनाको मृत्यु, ७ जना बेपत्ता र ६२१ घरपरिवार विस्थापित भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा मृतकका परिवारलाई राहत, घाईतेलाई निशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितहरुको पुनर्स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा काङ्ग्रेस कोशी प्रदेशका प्रवक्ता यदु बिष्टले विपत्तिको यो घडीमा प्रदेश सरकारले तुरुन्तै र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। विशेष गरी चाडपर्वको समयमा आएको यस प्राकृतिक विपत्तिले थप चुनौती सिर्जना गरेको र यसले प्रभावित नागरिकहरुको जीवन कष्टकर बनाएको बिष्टले बताए।

मुख्यमन्त्री कार्किले ज्ञापनपत्र स्वीकार्दै आज दिउँसो बस्ने मन्त्रीपरिषद बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार र भौतिक संरचनाको पुनर्निर्माणका लागि ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]