

विराटनगर/ नेपाल अग्रवाल सभा विराटनगरले शनिबार विराटनगरमा भव्य समारोहको आयोजना गरी ५१४८औं अग्रसेन जयन्ती धूमधामसँग मनाएको छ। अग्रवंश कुल प्रवर्तक महाराजा अग्रसेनको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष उमा चौधरी, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल, र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरकी अध्यक्ष मेघी तोदीले विशेष कार्यक्रमको नेतृत्व गरेका थिए।
विशेष सभामा प्रमुख अतिथिका रुपमा प्रा.डा. जगदिश अग्रवाल, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल), नेपाल अग्रवाल सभाका निवर्तमान अध्यक्ष अभिषेक तोदी, उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय उपाध्यक्ष भिखमचन्द सरल, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
यस विशेष सभापछि सामूहिक गोठप्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको थियो जसमा विराटनगरमा बसोवास गरिरहेका हजारौं अग्रवाल समुदायका व्यक्तिहरु सहभागि भए।
त्यसअघि, नेपाल अग्रवाल सभाले शनिहाटस्थित मारवाडी सेवा सदनबाट भव्य शोभायात्रा आयोजना गरेको थियो। शोभायात्रा नगरक्षेत्रको परिक्रमा गर्दै पुनः मारवाडी सेवा सदनमा पुगेर समापन भएको थियो।